रौतहट, २१ माघ ।
करिब १० महिना देखि बन्द रहेको नेपाल भारत सिमा नाका बुधबार विहानबाट आंशिकरुपमा संचालनमा आएको छ । कोरोना महामारी नियन्त्रणका लागि नेपाल सरकार र भारत सरकारबाट लिखित रुपमै पत्रकाटि बन्द गरिएको सिमा नाका खुल्ने हल्ला बेला बेलामा चले पनि बुधबार विहानबाट मात्रै खुलेको हो । भारत नेपाल सिमामा लगाएको बैरेज भारतीय पक्षले उठाए पछि संचालनमा आएका सिमा नेपाल पक्षधरले नउठाए पछि आंशिक रुपमा मात्रै संचालन भएको देखिएको हो । बेला बेलामा नेपालले आफुहरुले सुरक्षाको व्यवस्थापन सहित सिमा नाका संचालनका लागि खुल्ला गरेको तर भारतिय पक्षले आफना बैरेज नहटाए पछि नाका संचालनमा नआएको जनाए पनि बुधबारबाट संचालनमा आएको नाकाको दृश्य हेर्दा भारतबाट नभई नेपाली पक्षबाट नै नाका अहिले पनि बन्द रहेको पाईएको हो । पैदल यात्रीलाई मात्र आवत जावत गर्न निर्देशन भएको बताउदै आएका नेपाली सिमापक्षधरले भारत तर्फबाट छोडिएको मोटर साईकल तथा साइकल र अन्य सवारीलाई भन्ने प्रवेश दिएको छैन् ।








