रौतहट १९ माघ ।
रौतहट जिल्लाको ईशनाथ नगरपालिकाका नगर प्रमुख सन्तोष मेहता र उप नगर प्रमुख हुसने आरा खातुनले सोमबार संयुक्त रुपमा निशुल्क आँखा शिविरको उदघाटन गर्नु भएको छ ।

वडा नं.७ घिउरामा नगरपालिका तथा त्रिनेत्र आँखा अस्पतालको सहयोगमा आयोजना गरिएको निःशुल्क आँखा परीक्षण शिविरको उदघाटन नगर प्रमुख मेहता तथा उपप्रमुख आराले गर्नु भएको हो ।
शिविरमा आखाका विरामीहरुको निशुल्क परिक्षण तथा औषधि वितरण गरिएको छ।








