रौतहट १९ माघ ।
रौतहटको प्रसिद्ध स्थानको रुपमा रहेको गौर राइस मिल्स अधिग्रणका लागि आज सरोबारबालाहरुको अन्तरक्रिया गौरमा सम्पन्न भएको छ ।
गौर नगरपालिकाको सभाहलमा राईस मिलको जग्गा प्राप्ति गर्ने अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएको हो ।

रौतहट क्षेत्र नं. १ का सांसद एवम जनता समाजवादी पार्टीका नेता अनिल कुमार झाको प्रमुख अथितिमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा प्रदेश नं।२ सरकारका उद्योग पर्यटन, वन तथा बातावरण मन्त्री राम नरेश राय यादव, भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादव विशिष्ट अथिति रहेका थिए ।
कार्यक्रममा प्रदेश सांसद बावुलाल शाह, नेता रेवन्त झा ,गौर नगरपालिका मेयर अजय कुमार गुप्ता रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी प्रमुखहरु साथै जिल्लाका गणन्यमान्य व्यक्तिहरु लगायतका नेतागणहरुको उपस्थित रहेको थियो ।








