रौतहट १९ माघ ।
नेपली काग्रेस निकट तरुण दलले रौतहट लगायत देशको विभिन्न भागमा सरकार बिरोधी प्रर्दशन गरेको छ । सरकारले असंवैधानिक तरिका वाट संसद विघटन गरेपछि देश भर विभिन्न पार्टीहरुले विरोध कार्यक्रम गर्दै आएका छन् ।
त्यस्तै तरुण दल रौतहटको आयोजनामा सोमवार बिरोधकार्यक्रम सँपन्न भएको छ । बिरोध प्रर्दशनकार्यक्रम चन्द्रपुर नगरको बिभिन्न भाग परिक्रममा गरिएको थियो ।
बिरोध प्रर्दशन पछि चन्द्रनिगाहपुर स्थित मेन चोकमा आयोजित कोणसभामा नेपाली काग्रेस रौतहटका सभापति कृष्ण प्रसाद यादव ,तरुण दल रौतहटका सभापति नौसाद आलम ,पुर्व सांसद देव प्रसाद तिमलसिना, प्रदेशसभा सदस्य धनलाल ठोकर लगाएतका बक्ताले सरकारको कदम गैरसंबैधानी भएको बताएका थिए ।
जिल्ला भरका दरुणदलका नेता तथा कार्यकर्ताको सहभागिता रहेको बिरोध प्रर्दशनमा प्रर्दशनकारी सरकार बिरोधी चर्को नारावाजी गरेका थिए । तरुणदल केन्द्रको कार्यक्रम अनुसार सोमबार रौतहटमा बिरोध प्रर्दशन भएको तरुणदल रौतहटका उपसभापति शोभित सिलवालले बताए ।








