वीरगञ्ज १६ माघ ।
६ सय एम्पुल लागूऔषधसहित दुईजना लाइ वीरगञ्ज महानगरपालिका–१९ बर्वाबाट प्रहरिले नियन्त्रणमा लिएको छ । पकाहामैनपुर गाउँपालिका–१ धोरे बस्ने २० वर्षीय जयप्रकाश मेहतालाई,२८ वर्षीय जलन्धर दास र प्रहरीले नियन्त्रणमा लिएको हो । जलन्धर अटोका चालक हुन भने जयप्रकाश अटोमा सवार यात्रु रहेका थिए ।
इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले ना १ ह ४६४४ नम्बरको अटो चेकजाँच गर्दा लागूऔषध बरामद गरेको हो । अटोमा अवैध कारोबार हुने गरेको सूचना पाएको प्रहरीले टोलीले अटोलाई निगरानीमा राखेको थियो ।सोही क्रममा बिहीबार राति पिठोको बोराभित्र र कपडाको झोलामा लुकाएर राखिएको अवस्थामा फेनारगन, नुर्फिन र डाइजेपाम ६ सय एम्पुल बरामद भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दिपक थापाले बताएका छन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर लागूऔषध कसुर सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेकोजिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here