रौतहट १६ माघ ।
रौतहटको माधवनारायण नगरपालिका बडा न. ६ माधोपुरमा अटोडोरियम हलको शुक्रवार नगर उप प्रमुख सिमल कुमारी साह द्धारा शिलान्यास कार्यक्रम सम्पन्न भएको हो ।उक्त हल निर्माणको लागी ३६ लाखको लागतलाग्ने भएको छ। शुक्रवार सो हलको सिलान्यास गर्दै नगर उप प्रमुख साहले आफु नगरबासीहरुको सेवामा समर्पित रहेर नगर वासीहरुको हकहितमा काम गर्दे आएको बताएकी छन्। हालसम्म विभिन्न स्थानमा बिकास निर्माणको कामको योजना अगाडि बढाएको बताउनु भएको छ ।
कार्यक्रममा बडा अध्यक्ष राजिव कुमार यादव, जसपा युबा नेता श्याम बिहारी यादव लगायतका स्थानिय नेता, सर्वसाधारण तथा नगरबासीहरुको उपस्थिति रहेको थियो।








