जनकपुरधाम १६ माघ ।
जनकपुर उपमहानगरपालिका १ का वृद्ध,अशक्त तथा गरिव विपन्नहरु परिवारलाइ लाई न्यानो कम्वल वितरण गरिएको छ् ।जनकपुर उपमहा नगरपालीकाका अध्यक्ष शत्रुधन साहले आफना वार्डका विपन्न तथा गरिव परिवारलाइ शुक्रवार एक कायक्रमको आयोजना गर्दै २ सय ५० घर परिवारलाई चिसो छल्नका लागि न्यानो कम्वल वितरण गरेका हन् । वितरण कार्यक्रममा प्रदेश २ का अर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले गरिव तथा विपन्नहरुलाई कम्वल वितरण कार्यक्रम गरेका थिए । कार्यक्रममा क्लोथ बैंक नेपालका अध्यक्ष राजीव झा, प्रदेशसभा सदस्य परमेश्वर साह, लगायतको उपस्थिीती रहेको थियो । कम्वल वितरण कार्यक्रममा वार्ड अध्यक्ष साहले बढदै गएको चिसो लाई मध्यनजर गर्दै आफनै निजी लगानीमा कम्वल किनेर वार्डवासी जाडो छल्ने राहत स्वरुप कम्वल वितरण गरेको बताएका छन् ।अध्यक्ष साहले विभिन्न समयमा आफनो वार्ड बासीलाई राहतका वितरण गर्दै आएका छन् र अबका दिनमा पनि वितरण गर्ने प्रतिवद्धता जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here