२०७९ असार २ गते ।

मधेश प्रदेशको बारा जिल्ला अन्तर्गत रहेको निजगढ नगरपालिकाले रुपमा आर्थिक वर्ष २०७८०७९ मा गरिने योजना तथा कार्यक्रमहरु अन्तिम चरणमा पुर्याएको छ ।

नगरपालिकाले नगरसभाबाट पारित भएको योजनाहरुलाई मुख्य प्राथमिकतामा राख्दै कार्यहरु सम्पन्न गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीले जानकारी दिनु भएको छ ।

नगरपालिकाले योजना तथा कार्यक्रमहरु अन्तिम चरणमा रहेको र नगरपालिकाले बनाएको अनुगमन समितिको सिफारिसमा मात्रै भुक्तानी कार्य हुने भएकोले केही योजनाको भुक्तानी प्रक्रियामा रहेको समेत उनले बताए ।

प्रदेश कै नमुना नगर पालिका बनाउने कार्य बारे सोधिएको जिज्ञासामा कार्कीले ईच्छा शक्ति भए सबै सम्भव हुने र यो कार्यका लागि खर्च पनि बढी नलागेको प्रस्ट पारे ।

नगरका तत्कालीन जनप्रतिनिधिहरुले आफुलाई कार्य गर्न चाहे जतिको सहयोग र साथ दिएको भन्दै नवनिर्वाचित जनप्रतिनिधीहरुले पनि सहयोग गरिरहेको प्रतिक्रिया दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here