गौर ,३,असार ।
भारतले पुनः पेट्रोलियम पदार्थको मूल्य सूची वृद्धि गरी नेपाललाई पठाएको छ ।बिहीबार भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगम लिमिटेडलाई मूल्य वृद्धि भएको नयाँ दररेट पठाएको हो । नेपाल आयल निगमका अनुसार भारतीय कम्पनी आइओसीले पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा, डिजेलमा प्रतिलिटर १९ रुपैयाँ ३० पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ ९१ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको हो । तर, नयाँ मूल्य सूची अनुसार पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ २८ रुपैयाँ, डिजेलमा ३७ रुपैयाँ १६ रुपैयाँ, हवाई इन्धन आन्तरिकमा २ रुपैयाँ ७० पैसा घाटा हुने गरेको छ । नयाँ मूलयसूची अनुसार पेट्रोलको खरिद लागत २ सय ९ रुपैयाँ २८ पैसा पुगेको छ । हाल पेट्रोलको खुद्रा बिक्री मूल्य एक सय ७८ रुपैयाँ रहेकोमा प्रति लिटर पेट्रोलमा सरकारलाई ३१ रुपैयाँ २८ पैसा घाटा भइरहेको निगमले जनाएको छ । यस्तै, डिजेलको खरिद लागत बढेर २ सय २ रुपैयाँ पुगेको छ भने डिजेलको खुद्रा बिक्री मूल्य एक ६५ रुपैयाँ रहेको छ । डिजेलमा प्रतिलिटर ३७ रुपैयाँ १६ पैसा घाटा सरकारलाई भैरहेको निगमले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । एलपी ग्याँसको खरिद लागत यथावत छ । तर, जुन १ को लागत र हालको बिक्री मूल्य प्रति सिलिन्डर एक हजार आठ सय बिक्री मूल्यअनुसार निमगलाई प्रति सिलिन्डर सात सय ५१ रुपैयाँ १४ पैसा घाटामा रहेको जनाइएको छ ।








