जनकपुर १५ माघ ।
प्रदेश २ का दुई जिल्ला सप्तरी र रौतहट कोरोनामुक्त भएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयले सोमवार सार्वजनिक गरेको छ
निर्देशनालयका निमित्त निर्देशक विजय कुमार झाका अनुसार अब यस प्रदेशमा मात्र ८५ जना सक्रिय संक्रमित छन् ।
सबैभन्दा बढी पर्सामा ३२ जना सक्रिय संक्रमित छ भने सक्रिय संक्रमितमध्ये एक जना आइसोलेसनमा र बाँकी सबै होम आइसोलेसनमा छन् ।
महोत्तरीमा १३,धनुषामा २२ , सिरहामा ५ सर्लाहीमा १० र बारामा ३ जना सक्रिय संक्रमित रहेको निर्देशनालयको तथ्यांकले देखाएको छन् । हालसम्म यस प्रदेशमा १७ हजार १७९ जनामा कोरोना पुष्टि भएको छ भने कोरोनाबाट २०९ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here