०८ बैशाख । एजेन्सी । मध्य अफ्रिकी देश चादका राष्ट्रपतिको विद्रोहीको आक्रमणमा परी मृत्यु भएको छ । चादका राष्ट्रपति इदरिस डेबीको मंगलबार मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । डेबी ३० वर्षदेखि चादका राष्ट्रपति थिए । उनी भर्खरै मात्रै राष्ट्रपतिको छैटौँ कार्यकालका लागि निर्वाचित भएका थिए ।

११ अप्रिलमा भएको निर्वाचनमा पनि ६८ वर्षीय चादले नै राष्ट्रपतिको रुपमा जित हात पारेका थिए । डेबी आफ्नो राष्ट्रमा निकै लोकप्रिय थिए । अधिकांश भूभाग मरुभूमि रहेको त्यस देशलाई डेबीले राम्रो नेतृत्व दिएका थिए ।

पहिले आफू पनि सैनिक सेवामा रहेका उदी फिल्डमा खटिएका सेनालाई भेट्न जाने र युद्धको मैदानमा पनि प्रत्यक्ष उपस्थित हुन्थे ।

अलजजिराका अनुसार जितपछि उनी लिबियासँगको सीमाक्षेत्रमा बिद्रोहीसँग लडिरहेका सेनासँग भेटका लागि गएका थिए । त्यस समय भएको विद्रोहीसँगको युद्धका क्रममा उनी घाइते भएको र उपचारका क्रममा मृत्यु भएको अलजजिराले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here