रौतहट ७ माघ ।
सरकार विरुद्ध देशभर पुर्वनिधारीत कार्यक्रम अनुरुप बुधबार जसपाले विरोध प्रर्दशन गरेका छन्।पौष ५ गते सरकारले गरेको संसद विघटन तथा ,प्रधान मन्त्री केपी शर्मा ओलीको असंवैधानीक अलोकतान्त्रिक र प्रतिगमण कारी कदम विरुद्ध बुधबार जसपाले सदरमुकाम गौर लगायत देशभर विरोध रैली नीकालेको छ । रौतहटको गौर विपीचौक देखी शुरु भएको विरोध रैली नगर परिक्ररमा गरी अदालत चौकमा कोण सभा गरेका थिए । विरोध रैलीमा विभिन्न् नारा लगाउदै नगरपरिक्ररमा गरेका थिए । जसापाको सो विरोध रैलीमा जसापा युवा संगका अध्यक्ष तथा प्रदेश २ का कृषि भुमि व्यवस्था तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादव जिल्ला समन्वय समितीका उप सभापती राम अशिश यादव माधवनारायण नगरपालिका का नगरप्रमुख विरेन्द्र यादव जसापाका जिल्ला नेता श्याम विहारी यादव ,वृज यादव रेमन्त झा, लगायत सयौँ नेता कार्यकर्ताहरुको उपस्थ्तिी रहेको थियो ।








