रौतहट, ७ माघ ।
देवाही गोनाही नगरपालिकाका मेयर मेयर धर्मेन्द्र पटेलले नगरपालिका भित्रका विधालयमा निर्माण हुने नयाँ भवनको बुधबार शिलान्यास गरेका छन् ।
मेयर पटेलले नगरपालिकाको वडा नं. स्थित रहेको जय किसान उच्च माध्यमकि बिधालय धरहरीमा नयाँ भवन निर्माण कार्यको सिलान्यास गरेका छन् ।
भवन सिलान्यास कार्यक्रममा वडा अध्यक्ष राजेश साह, प्रअ उमेश यादव, शिक्षा संयोजक अरबिन्द यादव, शिक्षक मुकेश यादव, शिक्षक सबिन्द्र यादव, जसपाका नेता गुड्डु यादव, अभिभावक राजकिशोर यादव लगायतको विशेष सहभागितामा रहेको थियो।






