जनकपुरधाम १४ माघ ।
मंगलबार यातायाता व्यवस्था कार्यालय जनकपुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापामारेको छ ।कार्यालय समयको अन्त्य तिर बर्दिबास बाट आएको अख्तियारको टोलीले कार्यालयमा प्रवेश गरेको थियो । कार्यालय प्रमुख बीरेन्द्र साहको उपस्थितिमा टोलीले आवश्यक कागजातहरु नियन्त्रणमा लिएको श्रोतले जानाकारी दिएको छ । कार्यालयको माथिल्लो तल्लामा रहेको दराजको ताल्चा फोडेर शंकास्पद कागजातहरु नियन्त्रणमा लिएको कार्यालय श्रोतले बताएको छ । लाइसेन्स वितरणमा रकम लेनदेन हुने गरेको जनगुनासो यातायात व्यवस्था कार्यालय जनकपुरमा अख्तियारले निगरानी बढाएको हो । अख्तियारको टोली करिब तीन घण्टासम्म कार्यालयमा बसेर निगरानी गरेको थियो । उनीहरुले शंका लागेको शाखा र दराजहरुको समेत चेकजाँच गरेर कागजातहरु नियन्त्रणमा लिएको जनकपुर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बताएको छ ।
यातायात कार्यालयमा सेटिङमा लाइसेन्स वितरण हुने गरेको जनगुनासो छ । कर्मचारीहरुले रकम लिएर लाइसेन्सको परीक्षा उत्तिर्ण गराउने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here