बिरगंज १४ माघ ।
बिरगंज १४ स्थित श्री सिद्धार्थ माबीमा महिला हिंसा तथा दाइजो प्रथा बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । पब्लिक एफएमका निर्देशक एवंम सामाजिक अभियन्ता प्रकाश थारुको अध्यक्षतामा र १४ का वडा अध्यक्ष भरत प्रसाद कुर्मीको प्रमुख आतिथ्यमा सो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा वक्ताहरुले दाइजोप्रथाले समाजमा विकृतिहरुको झन–झन सृजना गर्ने भएकोले यो एक किसिमको रोग नै रहेको तथा यसले समाज र परिवारमा जडो गाडिसकेकोले त्यस्ता बिरुद्ध अब विद्यार्थी भाइ बहिनीले दाइजो नलिने र नदिने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कृष्ण कुमार खनाल,सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का,सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीका अध्यक्ष राम सरार्फ, उपाध्यक्ष रेखा घिमिरे, सचिव दिलिप प्रधान, नेपाल पत्रकार महासघ प्रदेश नं. २ का सदस्य जगत राई, स्कुलका प्रधानाध्यापक राजेश्वर पाण्डे, शिक्षिका सशीकला, व्यवस्थापन समितीका अध्यक्ष अभिभाबक लगायतको विद्यार्थीको उपस्थिति रहेको थियो ।







