रौतहट १२ माघ ।
रौतहट जिल्लाको मौलापुर नगरपालिकामा नगर स्तरीय तीन दिने एकीकृत पाठ्यक्रम सम्बन्धि गोष्ठी आज दोस्रो दिन पनि जारी रहेको छ । नगरपालिकाको सभा हलमा सो गोष्ठी चलिरहेको छ । जिल्ला शिक्षा समन्वय इकाई गौर रौतहट द्वारा ईजिआरपि तालिम सुरू गरिएको हो । तालिममा मौलापुर नगरपालिका अन्तर्गत नगर भरिका विधालयहरू बाट बाल विकास शिक्षक देखि लिएर कक्षा १ देखि ३ सम्मका एक विधालयका दुई दुई जनाको उपस्थिति रहेको जानकारी गराइएको हो । तालिममा मोहम्मद ईशा राइनले प्रशिक्षण दिईरह्नु भएको बताईएको छ । तालिममा मौलापुर नगरपालिकाका शिक्षा संयोजक चन्देश्वर साह ,प्राविधिक धर्मेन्द्र कुमार शाह, स्वास्थ्य संयोजक सुरेन्द्र साह सहित दर्जनौं शिक्षकशिक्षिकाहरू को सहभागीता रहेको शिक्षा शाखाका धर्मेन्द्र कुमार साहले जानकारी गराउनु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here