रौतहट १२ माघ ।
रौतहटको राजपुर नगरपालिकामा धमाधम सडक ढलान कार्य भइरहेको छ ।
सो नगरपालिकाको वडा नम्बर ४ मा पिसिसि ढलान कार्य आज देखि सुरु भएको छ ।
राजपुर नगरपालिकाका निमित प्रमुख प्रशाकीय अधिकृत बैजू ठाकुर र सो वडाका वड़ाध्यक्ष शेख अनसारूल हकले संयूक्त रुपमा उद्धघाटन गरेका थिए ।
यस अवसरमा इन्जिनीयर रंजीत मुखिया,वड़ा सदस्य शेख अनवार सहित दर्जनौं वडावासीहरुको उपस्थिती रहेको थियो ।
ऋाफनो वडामा कालेपत्रे , ढलान र नाला निमार्ण गर्ने वाचा पूरा गर्ने वड़ाध्यक्ष शेख अनसारूल हकले बताएका छन्








