लमजुङ १० माघ ।
लमजुङ प्रहरीले पछिल्लो तीन दिनमा १५ लाख रुपैयाँ बराबरको अवैध काठ बरामद गरेको हो । मध्यनेपाल नगरपालिका र दोर्दी गाउँपालिकाबाट करिव ५०० क्युफिट काठ सहित दुईजनालाई नियन्त्रण लिएका छन्।
गत बुधबार दोर्दी–८ बाट ३९६ दशमलब ९१ क्युफिट काठ बरामद गरेको प्रहरीले जनाएको छ। त्यस्तै, गतमंगलबार दोर्दी–८ कै खिमचोकबाट ७४ दशमलब ८२ क्युफिट काठ, ग १ त ५४०६ नम्बरको ट्रयाक्टरसहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छन्।
प्रहरी नियन्त्रणमा पर्नेमा ट्रयाक्टर चालक दोर्दी–६ का २८ वर्षीय कन्याबहादुर तामाङ र दोर्दी–८ का ३६ वर्षीय मेघराज घले रहेका हुन्।
लमजुङ प्रहरीका अनुसार पछिल्लो बरामद भएका काठ १५ लाख ३४ हजार ७४० रुपैयाँ बरावरको ४९५ दशमलब ६४ क्युफिट काठ रहेका छन्। चालु आर्थिक वर्षमा मात्रै लमजुङ प्रहरीले ९३१ दशमलब ३३ क्युफिट काठ बरामद गरेका छन्।








