बुटवल १० माघ।

रुपन्देहीको तिलोत्तमां- ४ सीमानगरमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्तर्गत निर्माणाधीन शंकरनगर खानेपानी तथा सरसफाइ संस्थाको ओभरहेड टंकी परिसरमा राखिएको पाइपमा शनिबार आगलागी भएको हो ।
बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाका तीनवटा दमकलले आधा घण्टामै आगलागीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय प्रमुख प्रतितसिंह राठौरले जानकारी दिनुभयो ।
आगलागीबाट भएको क्षतिको यकीन विवरण आउन बाँकी रहेको उनले बताए ।
लामो समयदेखि स्टोर गरेर राखिएको पाइपमा कसरी र कसले आगो लगायो भन्ने बारे अनुसन्धान हुने डीएसपी राठौरले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here