काठमाडौँ १५ पौष ।
विश्वमा कोरोना संक्रमितको संख्या ८ करोड २३ लाख २१ हजार ३५८ पुगेको छ भने कोरोनाबाट १७ लाख ९६ हजार २६९ जनाले ज्यान गुमाएका छन् ।

अहिलेसम्म ५ करोड ८३ लाख ३१ हजार २९८ जनालाई कोरोना लागेर निको भइसकेको छ । संक्रमित रहेका २ करोड २१ लाख ९३ हजार ७९१ जना सक्रिय संक्रमित छन् । तीमध्ये १ लाख ५ हजार ९३९ को स्वास्थ्य अवस्था गभ्भीर छ ।

बोरोनाबाट सबैभन्दा प्रभावित अमेरिकामा १ करोड ९९ लाख ७७ हजार ७०४ जनामा संक्रमण फैलिएको छ भने ३ लाख ४६ हजार ५७९ जनाको मृत्यु भएको छ । १ करोड १८ लाख ४४ हजार ४७२ जनाले कोरोना जितेका छन् । अमेरिकामा अहिले ७७ लाख ८६ हजार ६५३ जनामा सक्रिय संक्रमण छ । उनीहरूमध्ये २९ हजार १३२ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

त्यस्तै, दोस्रोमा भारत छ । जहाँ १ करोड २ लाख ४५ हजार ३२६ जनामा संक्रमण भएको छ । १ लाख ४८ हजार ४७५ जनाको मृत्यु भएको छ । ९८ लाख ३३ हजार ३३९ जनाले कोरोनालाई जितेका छन् । २ लाख ६३ हजार ५१२ जनामा सक्रिय संक्रमण छ । उनीहरूमध्ये ८ हजार ९४४ को स्वास्थ्य अवस्था गम्भीर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here