रौतहट, १४ पौष ।
नेपाली काँग्रेसका प्रदेश सांसद एवम संसदीय दलका उपनेता शेख रसिद अलि आफुले विरोध सभाका क्रममा सम्बोधन गर्ने बेला बोल्ने क्रममा शब्दमा त्रृटि हुन गएको स्वीकार गर्दै क्षमामागेका छन् ।
रौतहटको राजपुर नगरपालिका अन्र्तगत नेपाली काँग्रेस रौतहटले आयोजना गरेको विरोध सभामा सम्बोधनका क्रममा जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरु नेपाली काँग्रेस र एमालेका नजायज सन्तान रहेको भन्दै दिएको अभिव्यक्ति फिर्ता दिर्दै आफुले गलत मन्सायले उक्त कुरा नबोलेको तर बोल्न क्रममा बोलिन गएकोले आफुले दुखलागेको सबैबाट क्षमाप्रार्थी रहेको बताउनु भएको हो ।
संसदीय दलका उपनेता अलीले आफुले नेपालमा पहिले नेपाली काँग्रेस र नेकपा जस्ता पार्टी रहेको र पछिका दिनमा मधेशी दल लगायतका पार्टीहरुको उत्पति भएको र उक्त हिसाबले अन्य पार्टीहरु पनि हाम्रै शाखा सन्तानहरु रहेको र हामी सब एक रहेको भन्ने भावना राखि आफना कुरा राखेको प्रष्ट पारेका छन् ।
शेख रसिद अलिको अभिव्यक्तिबारे समाजिक संजाल लगायत अन्य संचार माध्यमहरुमा पनि व्यापक आलोचना भई रहेको थियो ।








