माया पकुवाल
शुरूमा टाउको दुख्यो, ज्वरो आयो, हात खुट्टा कटकटी खादै गयो, जिउ गलेर आयो, नाक बग्न थाल्यो, टाउको बिस्फोट होला झैँ गरेर दुख्यो अनि हनहनी ज्वरो आयो । त्यसैले आज उनि कोठामा लमतन्न छिन ।

उनि बिरामी भएको देखि परिवारले पनि एम्बुलेन्स बोलाएर अस्पताल लग्यो । डाक्टरले के के जाती चेक गर्यो । अनि रगत परिक्षण गर्यो । अनि थाहा भयो उनि कोरोना संक्रमित रहिछिन । त्यसपछि त के थियो र डाक्टर नर्स पनि पर पर भए अनि आफन्ती पनि टाडा भयो । बिरामी त अस्पतालमा भर्ती भयो तर यता घरमा राज्यले उनको परिवारलाई समेत क्वारेन्टाइनमा राखिदियो । आज अस्पतालको एक बेडमा उनि लमतन्न छिन । हिजो घरको कोहीपनि ब्यक्ती विरामी हुदा खाई नखाई सकी नसकी सबैको स्याहार सुसार गर्ने उनि, आज स्वयं बिरामी भएकी छिन । बिरामी भएको यस्तो अवस्थामा समेत उनलाई न आफंतीको साथ छ न कसैको हौसला नै छ । उनलाई लागेको कोरोनाको कारण उनको आफ्नै मान्छेहरू उनको छेउ आउन डराउछ । डाक्टरले पनि उनलाई आज अलग्गै राखेको छ । उपचार कक्षमा उनि एक्लै छिन । तर डाक्टर नर्स पनि उनको उपचारको लागि समयमा आउदैनन । यस्तो बेलामा तागतिलो रसिलो खानेकुरा खाई रहनु पर्नेमा आज त्यहा उनलाई भोक लागेर खान्छु भनेर भन्दा पनि समय समयमा खानेकुरा कसले दिने ? उनको कुरा कसले सुन्दिने ? त्यहा स्वास्थ्य खानपान पनि छैन । त्यसैले आज उनि झन् झन् गल्दै गईरहेकी छिन । रोग लाग्दा उचित स्याहार पाए बिरामी सजिलै निको हुन्छ तर परिवार, राज्य र समाजको तिरस्कार र मिडियाको गलत प्रचारबाजीको कारण आज उनीसग आफ्नै मानिस पनि सबैजना पर पर भएका छन् । विश्वले पनि यसको गलत प्रचारवाजी गर्यो । भौतिक दुरी (Physical Distance) कायम गर भनेर भन्नु पर्नेमा सामाजिक दुरी (Social Distance) कायम गर भन्दियो । त्यसैले समाजको मानिसले आज उनलाई अछुत नै हो कि भने जसरी व्यवहार गरि रहेको छ ।
त्यतिमात्र नभएर, राज्यले पनि कोरोनाको उपचारमा संलग्न भएका चिकित्सकलाई उचित सम्बोधन नगर्दा चिकित्सक पनि आज पर पर भएका छन् । आखिर उनीहरू पनि त मानिस नै हुन् । ज्यानको माया त उनीहरूलाई पनि त छ । उनीहरूको पनि त परिवार सन्तान छन् । राज्यले उचित सम्बोधन नगर्दा आज उनीहरू पनि अलमल छन् । उनिहरूपनी हतास भएका छन् ! अनि पर पर नै रहेर जसोतसो आफ्नो कर्तब्य निर्वाह गरि रहेका छन् । रोगले बिरामी मर्छ मर्दैन थाहा छैन, तर राज्यको जुन रवैया छ र यसलाई जुन किसिमले प्रचारवाजी गरिएको छ त्यसको त्रासले भने विरामी अवस्य मर्दछ । आज अस्पतालमा एडमिट भएको बिरामीले भनेको समयमा खान पनि पाएको छैन । डाक्टर नर्स पनि कन्फ्युज छन् । जुन समयमा बिरामीमा जे सिप्टम देखिन्छ त्यसैको औषधी चढाई राखिएको छ । किनभने यसको कुनै औषधी नै छैन । भ्रम नै भ्रमको दुनियामा डाक्टर पनि भ्रमित नै भई रहेको छन् । त्यसैले कोरोना के हो त्यसलाई यदि हामी सबैले बुझ्ने हो र सहि किसिमले जनमानसमा लैजाने होभने, यदि हाम्रो वरपर कसैमा कोरोना संक्रमण देखि हालिएमा पनि डराउनु पर्दैन ! डाक्टर सम्म पुगेर अस्पताल भर्ना हुनु समेत पर्दैन ।
आज उनको निधन भयो । उनलाई रोगले होईन सामाजिक तिरस्कारले मृत्युको मुखमा पुर्यायो ! समयमा तातो खानेकुरा र स्याहार पाएको थिईन भने सायद आज उनले ज्यान गुमाउनु पर्ने थिएन । आफंतीको साथ अनि हौसला पाएको थिईन भने उनले आफ्नो आत्मबललाई अवस्य बलियो बनाउथीईन । त्यसपछि उनि रोग सग लड़थींईन तर सामाजिक दुरीको कारण उनि एक्लै एक्लै कोठामा बसी मृत्यु कुर्न बाध्य थिईन । रोग लाग्दा बिरामीलाई माया हौसला देऔ, तिरस्कार होईन । उनि रोगको कारण भन्दा पनि राज्यको गलत रवैया, मिडियाको भ्रमित प्रचारवाजी अनि सबैको तिरस्कारको कारणले मरिन । त्यसैले कोरोना लागि हालेमा घरमै बसेर पनि सबैको माया हौसला साथ सहयोग पाएर पनि उपचार गर्न सकिन्छ भनेर नै मैले आज विभिन्न तिर बाट सामग्रीहरू संकलन गरेर यो निवन्ध तयार गरेको छु ।

हाम्रो आकास तथा धरतीमा करोडौं किटाणुहरू छन् । त्यस मध्ये कोभिड–२०१९ अर्थात् नोवल कोरोना भाइरस पनि एक हो । रोग त्यसलाई लाग्छ, जसको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । रोगसँग लड्ने क्षमताको बिकास गरेमा यस्ता रोगसँग डराउनु पर्दैन । जाडोको मौसम छ । यतिबेला रुघाखोकी लाग्नु सामान्य मानिन्छ । जबकी कोरोना भाइरसले संक्रमण गरिसकेपछिको सुरुवाती लक्षण पनि रुघाखोकीको जस्तै हुन्छ । त्यसैले यसबाट कतिपय मानिस झुक्किन सक्छन् । लक्षणहरू रुघाखोकीको जस्तै भएपनि यो रुघा जत्तिको सामान्य रोग भने अवस्य होईन । रूघाले मानिसलाई ढिलो गलाउछ तर यकोरोनाले छिटै रोगप्रतिरोध शक्तीलाई कमजोर बनाउदछ । हामी सबैलाई थाहा छ रुघाखोकी भनेको सरूवा रोग हो । तरपनि रुघा लाग्दैमा घरको सबै परिवार संक्रमित हुन्छ नै भन्ने छैन । अहिले सम्म प्राप्त कोरोनाको केसहरूलाई हेर्दा यो पनि त्यस्तै देखिएको छ । आमालाई कोरोना लाग्यो तर त्यहि आमा बाट दुध पिउदै गरेको नाबालक बच्चालाई लागेंन । श्रीमान् लाई लाग्यो तर सगै सुत्ने श्रीमतीलाई लागेंन ।
त्यसैले कोरोना लागि हालेमा पनि समाज र मिडियामा जति अफवाहहरू फ़िजाईएको छ त्यत्तिको डराउनु पर्ने आवस्यकता छैन तरपनि सजग र शतर्क भने अवस्य हुनै पर्दछ । कोरोना लाग्दा रुघाखोकी लाग्नु त सामान्य नै हो त्यसपछि क्रमस उच्च ज्वरो आउँछ, टाउको दुख्छ अनि सास फेर्न गाह्रो हुन्छ । इम्युनो सिस्टम कमजोर भएकाहरू त कतिपय अवस्थामा मृत्यु सग साक्षात्कार गर्न वाध्य हुन्छन । यो भाइरस चीनको बुहानबाट सुरु भएर बेइजिङ, मकाउ, ताइवान हुँदै धेरैतिर फैलियो । आज विश्वको अधिकाम्सा देशमा यो भाईरस फैलिएर लाखौको संख्यामा मानिसहरू मरी सकेको छन् भने करोडौको संख्यामा संक्रमित समेत भएका छन् । भाइरस फैलिएपछि विश्वभरकै ट्रान्सपोर्टेसन क्षेत्रमा विशेष सावधानी अपनाईएको छ ।
कोरोना भाइरसले स्तनधारी जनावर तथा चराचुरुङ्गीहरूमा समेत रोग निम्त्याउने गर्दछ । मानिसहरूमा यसले श्वासप्रश्वास सम्बन्धी रोग निम्त्याउने गर्दछ, जुन प्राणघातक हुन्छ । हालसम्म यसको विरुद्ध कुनै खोप वा औषधिको आविस्कार भएको छैन । केहि राष्ट्रले औषधी बनाई सकेको भनेर दावी गरे पनि हालसम्म परिक्षणकाल मै रहेको र बजार सम्म आई नपुगेको अवस्था छ । यस भाइरसको सङ्क्रमणबाट सन् २०२० जनवरी ५ मा चीनमा पहिलो व्यक्तिको मृत्यु भएको थियो। अहिले यो भाइरस चीनबाट विभिन्न देशहरूमा फैलिरहेको छ।
कोरोना भाइरस संक्रमणका लक्षणहरू के के हुन् ?
ज्वरो आउनु र खोकी लाग्नु, १०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउनु
अत्याधिक रूपले टाउको दुख्ने र आत्मबल कमजोर हुदै जाने
श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु, छिटो छिटो श्वास फेर्नु, सास फेर्न गाह्रो हुनु
घाँटी, टाउको तथा जिउ दुख्ने, निमोनिया हुने र मिर्गौलाले काम गर्न छोडी मानिसको मृत्यु हुनसक्ने
सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुने
कसरी हुन्छ संक्रमण ?   
कोरोना भाइरसले मानिसहरुमा सहजै सर्ने गुण बोकेको हुन्छ । विशेषगरी एउटै परिवारका सदस्यहरु  बिरामी भएको अवस्थामा भने एकबाट अर्कोमा कोरोना भाइरसको संक्रमण हुने संभावना उच्च हुनेगर्छ । 
भाइरसको संक्रमण भएको समयमा मिर्गौलाले काम गर्न छोड्ने हुनाले मानिसको मृत्यु हुनेगर्छ । 
भाइरसबाट संक्रमित बिरामीलाई देखा परेको लक्षणको आधारमा मात्र उपचार गरीइरहिएको छ । यसको कुनै विशेष उपचार छैन ।  
त्यसो भए के यो रोग सग बच्न सकिदैन त भन्ने प्रश्न पनि आउदछ । अवस्य आउछ । हाम्रो खानपान र आचरणमा सुधार ल्याउने हो भने अवस्य हामी यसबाट बच्न सक्दछौ । त्यसैले कोरोना बाट बच्न को लागि रोग प्रतिरोधात्मक क्षमता बढाउन हामीले निम्न उपायहरू अबलम्बन गर्न सक्दछौ ।
पोषिलो र घरमा बनेको खाने कुरा खाने बानी बसालौं । हरियो सागसब्जी, फलफुल, दुध, गेडागुडी नियमित खाने गरौँ, खानामा जति बिबिधता भयो, हामी त्यति स्वस्थ हुन्छौं । भिटामिन C, B6, E, Zinc लगायत पोषण पाउने खाना सेवन गरौँ । 
चुरोट, सुर्ती, अल्कोहलजस्ता हानिकारक पदार्थको सेवन नगरौं ।
नियमित व्यायाम, योग, हाइकिंग गरौँ । खेल खेल्ने बानी बसालौं । नियमित अनुलोम/विलोम गरौँ । यसले फोक्सोको कार्यक्षमता वृद्धि गर्दछ । जतिसक्दो घाममा बसौं । 
शरीरमा अन्य दिर्घ रोग नभएको खण्डमा बिहान/बेलुका नियमित रूपमा घ्यु सेबनले नि इम्युनो पावर बढाई जोखिम कन्ट्रोल गर्दछ ।
लसुन, प्याज, टिमुर, जिरा, धनिया, अदुवा, बेसार, तील, मरौटि, दालचिनी, खुर्सानी, ल्वांग, सुकमेल, अलैंची, जाइफल, कागती, ज्वानो जस्ता शरीरमा हिट उत्पन्न गराउने किसिमको खाना खाने गरौँ ।
भिटामिन सि पर्याप्त हुने कागती, अमला, सुन्तला, जुनारजस्ता फलको नियमित सेवन गरौँ । जसले शरीरमा चाहिने माइक्रोन्युट्रिएन्टस लगायतको छ रस अर्थात मधुर, अम्ल, लवण, कटु, तिक्त र कषायको पूर्ति गर्दछ । जसले रोग प्रतिरोधात्मक शक्ती बढाउछ ।
पर्याप्त मात्रामा सुतौं, झोलिलो खानेकुरा खाऔ। ब्रोकाउली तथा च्याउको सेवन नियमित रूपले गरौँ ।
पानी, फ्रेस जुस, मही, दही, दाल, सुप, बेसार अदुवा ज्वानोको सुप, रसिला फलफुल नियमित खाएर शरीरलाई नियमित सिंचाई गरौँ । खानपानको टाईम टेवल बनाएर नियमित रूपले पालन गरौ ।
मह, लसुन, बेसार, अदुवा, कुरिलो, गुर्जो जस्ता वस्तु नियमित रूपले सेवन गरौँ ।
अनिद्रा र तनाबले शरीरलाई रोगि बनाउछ त्यसैले दिल खोलेर हाँस्ने गरौँ । सुत्ने र उठ्ने समयलाई व्यवस्थित गरौ
नियमित चिया र कफीको ( दुध\ चिनी नहालेको ) सेवन गरौँ ।
सरसफाइमा अल्छी नगरौं ।

रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै ठुलो कुरा हो । त्यसैले निम्न लिखित कार्यहरू गरेमा केहि हद सम्म भएपनि हामी कोरोना संक्रमण बाट जोगिन सक्छौ
श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने । जानुपरे गुणस्तरीय फिल्टर नभएको मास्क (N95) को मात्र प्रयोग गर्ने
नियमित साबुन पानीले हात धुने, सेनिटाईजरको प्रयोग गर्ने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने,
जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने, कुकुर, बिरालो, परेवा, कुखुरा जस्ता पशुपन्छीबाट टाडा रहने
फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने । पिसिआर टेस्ट गर्ने र पोजिटिभ देखिएमा घर मै बसेर डाक्टरको सल्लाह बमोजिम उपचार गर्ने
पानीपुरी, चटपट, सुर्ती, सडकका फास्टफुडहरू जस्ता वस्तु नखाने
कोरोना भाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने ।
सपिंग मल, फ्लिम हल, विमानस्थल, अस्पताल, सार्वजनिक यातायात, आदि जस्ता भिडभाडका स्थानमा नजाने जानुपरे सावधानी अपनाउने
भेट हुदा हात मिलाउने, चुम्बन गर्ने, हग गर्ने आदत भएमा त्यसलाई हटाउने र नमस्कार गर्ने आदत बसाउने
पर्यटक बस्ने होटल, रेस्टुरेन्ट, क्यासिनो बाट टाडा रहने । अनावस्यक भेटघाटमा नियन्त्रण ल्याउने
संक्रमित देश वा क्षेत्रबाट फर्केका आफन्ती विद्यार्थी आदि सग भेट्दा सावधानी अपनाउने
पर्यटक व्यवसायीहरू बढी जोखिममा हुने भएकाले उनीहरूसग दुरी बनाई राख्ने
बिरामी जाच्ने चिकित्सक, ल्याबमा काम गर्ने कर्मचारी र स्वास्थ्यकर्मीहरू संक्रमणको जोखिममा रहने भएकाले सावधानी अपनाउने
बालबालिका, गगर्भवती महिला, सुत्केरी, दिर्घ रोगि, बिरामी आदिको रोग प्रतिरोधात्मक शक्ती कमजोर हुनाले यिनीहरू सगको भेटघाटमा विशेष सावधानी अपनाउने
कोरोना लागि हालेमा हतास हुनु पर्दैन । मिडियामा प्रचारवाजी भए जस्तो मरिन्छ नै भनेर डराउनु पनि पर्दैन । अहिले सम्म को घटनाहरू हेर्ने हो भने कोरोनाको औषधी बनेको छैन तरपनि कयौ मानिस हरू निको भएर फर्किईरहेका छन् । आखिर किन त ? किनभने कोरोना पनि अरू रोग जस्तै साधारण रोग हो । कोरोना लागिहालेमा सावधानी अपनाउने हो, आत्तिने होईन ।
अहिले कोरोना भाइरसको संक्रमणले हरेक व्यक्तिको मनमा त्रास उत्पन्न गराएको छ । कोरोना संक्रमण संसारभर फैलिएको छ । कोरोना भाइरस को वारेमा जानिएको छैन भने रोगको कारण ले भन्दा पनि मनोसामाजिक तथा मनोबैज्ञानिक कारणले बढी क्षति हुन्छ । तसर्थ कोरोना जो कोहीलाई पनि लाग्न सक्छ त्यसैले हामीहरुले मानसिक रुपमा तयार हुनुपर्दछ र आफ्नो मनोबल उच्च राख्नुपर्दछ ।
संसारमा भएको अन्य भाईरसको तुलनामा यो एक कमजोर भाइरस हो । यसको संक्रमण सबैलाई हुन्छ नै भन्ने छैन । दीर्घ रोगी, बृद्धबृद्धा तथा अन्य रोगसँग लड्ने क्षमता नभएका केहि व्यक्तिलाई मात्र यो संक्रमण सर्न सक्छ ।
कोरोना सर्यो भनेपनि आत्तिनु पर्दैन । यसको मृत्युदर निकै कम छ । १०० जनालाई संक्रमण भयो भने २ देखि ३ जनाको मात्र मृत्यु हुनसक्छ । सामान्य रुघाखोकीले विश्वमा प्रत्येक बर्ष ४,५०,००० व्यक्तिको मृत्यु हुन्छ । जसको आधारमा त यो कोरोना केहि पनि होईन ।
कोरोना संक्रमणको औषधि छैन, तसर्थ उपचारमा धेरै खर्च हुँदैन । ज्वरो आए पारासिटामोल खाने, खोकी र सास फेर्न सजिलो हुने औषधि खाने, मनतातो झोलिलो खाना खाइरहने, आराम गर्ने, व्यायाम गर्ने, बाहिरी भेटघाट नगर्ने र स्वयंलाई नियन्त्रित गरेर घर भित्रै रहेर व्यायाम गर्ने । डाक्टर सग टेलिफोन, भाईबर, ह्वाट्सएप आदि वाट सकेसम्म दैनिक या साप्ताहिक परामर्श लिने । अत्याधिक गाह्रो भएमा मात्र अस्पताल जाने ।
कोरोना बिरुद्ध मानसिक रुपमा तयार हुनको लागि घरमा आवस्यक भएका नियमित खाने औषधि, अत्यावश्यक खाध्य पदार्थ, प्राथमिक उपचारका औषधि जस्तै – सिटामोल, रुघाखोकीको औषधि आदिको संचय गरेर राख्ने ।
सहरमा संक्रमण तीब्र देखिन थालेमा गाउँ जानु उत्तम बिकल्प हुन्छ । गाउँमा कोरोना संक्रमण फैलिने सम्भावना एकदम न्यून हुन्छ । गाउको स्वास्थ्य वातावरण र खानपान अनि शारीरिक परिश्रम को कारण गाउको मानिस को रोग प्रतिरोध क्षमता बलियो हुन्छ फलस्वरूप शहरमा जति गाउमा यसको असर कम हुन्छ तर लापरवाही चाही गर्नु हुदैन ।
पैशाको कारोबार लेनदेन गर्दा पैशा मार्फत ब्याक्टेरिया फैलिने भएकाले कारोबार पश्चात हात राम्ररि सफा गर्नु पर्दछ
अहिले छ्यासछ्यास्ती आउने सस्ता अनलाईन मिडिया र युट्युबर को कारण कोरोनाको बारेमा गलत प्रचार प्रसार र मन गढ़ान्ते कहानी हरू फैलाई मानिस लाई भ्रमित बनाई मनोबल घटाउने काम भई रहेको छ । सरकार ले पनि त्यस्तालाई नियन्त्रण गर्न सकेको छैन त्यसैले सकेसम्म विश्वासिलो मिडियाको मात्र समाचार पढ्ने, सुन्ने र त्यसलाई विश्वास गर्ने बानी बसाल्दा अनाबश्यक मानसिक दवाव झेल्नु पर्दैन
कोरोना संक्रमण रोक्नको लागि मास्क, चस्मा, फेस शिल्ड, पन्जा, सेनीटाईजर आदिको भूमिका निकै महत्वपूर्ण छ त्यसैले बराबर मात्रामा हात धुने गरियो र आफ्नो हातलाई मात्र सफा राख्न सकियो भनेपनि कोरोना संक्रमण फैलिने चान्स कम हुन्छ । मास्क र चस्मा त छदै छ नै ।
बजारमा ह्याण्ड स्यानिटाइजरको अभाव भएमा वा आफ्नो क्षेत्रमा यो नपाईएमा स्प्रिट-कपास, साबुनपानी आदिको प्रयोग पनि गर्न सकिन्छ ।
कोरोना अत्याधिक रूपले नै फैलियो भने चिकित्सक, स्वास्थ्यकर्मी, सेना, प्रहरी लगायतले अस्पताल, चौर (टेन्ट) आदिमा राखेर उपचार गर्नेछन् । सरकारपनि उपचारको लागि बाध्य हुन्छ । त्यति मात्र नभएर विश्व स्वास्थ्य संघ, बिदेशी स्वयमसेवी संस्था, बिदेशी राष्ट्र लगायत धेरैले हामीलाई सहयोग गर्नेछन ।
कोरोना भाइरस बिरुद्ध खोप, औषधि आदिको अनुसन्धान भइरहेको छ । पत्ता लागेको कुरा नि आएको छ तरपनि अहिले सम्म यो परिक्षणकाल मै रहेको छ । नेपालको बजार सम्म औषधी पुगी सकेको अवस्था छैन ।
क्यान्सरलाई त आत्मबलले जित्न सकिन्छ भने यो त केवल रुघाखोकी जस्तो सामान्य भाईरस हो । तसर्थ डराउनु पर्दैन । तर सावधानी भने अपनाउनु पर्दछ
यसको रोकथाम हाम्रो हातमा छ । भीडभाडमा नजाने, हात साबुनपानीले बराबर धोइरहने, बिना काम घर बाहिर नजाने गर्दा ९०% कोरोना रोकथाम हुन्छ ।
अन्तमा,
कोरोना लागेको शंका लागेमा rapid diagnostic test (RDT)  गराउने यो भनेको भाईरसको कारणले ब्लडमा एन्टीबडी प्रोडक्सन भएको छ कि छैन त्यो हेर्ने हो ! यो सरल हुन्छ ! ब्लडमा एन्टीबडी प्रोडक्सन कोभिडको कारण ले वा मात्र आउदैन अन्य कारणले पनि आउदछ ! यसले भाईरस को एन्टी बडीलाई मात्र डीटेक्ट गर्दछ ! RDT टेस्ट गर्दा पोजिटिभ देखिएमा तुरुन्त डाक्टरको सल्लाह बमोजिम औषधिको शुरुवात गर्नु पर्दछ र डाक्टर कै सल्लाह बमोजिम त्यसपछि कन्फरमेसनको लागि polymerase chain reaction (PCR) टेस्ट गराउनु पर्दछ ! PCR टेस्ट ले चाही कोभिड भाईरसको DNA छ कि छैन त्यो नै चेक गर्ने गर्दछ जसले गर्दा यो पिसिआर भन्दा अलिक खर्चिलो पर्न जान्छ ! यसलाई चाही कन्फर्मेटरी टेस्टको रूपमा लिईन्छ !
हामीकहाँ पाइने मास्कले कोरोनाको संक्रमण रोक्दैनन् । कोरोना भाइरस टाउको, मास्कको बाहिरी भाग, कपडा, झोला, जुत्ता, हात आदि हुँदै घरघरमा फैलिन सक्छ । हाम्रा केहि बानीको कारण कोरोना संक्रमणको जोखिम उच्च छ । मान्छेतिर फर्केर खोक्ने, हाच्छ्यु गर्ने, औंलालाई मुख, नाक, आँखा, कानतिर लैजाने, हात नधोइ खानेकुरा समाउने/खाने आदि जस्ता हाम्रै लापरवाहीको कारण हामीलाई कोरोना लाग्ने गर्दछ ।
पन्जाको प्रयोग गर्ने र पन्जाको प्रयोग पश्चात त्यसलाई राम्रो सग डिटोल पानीले धुने वा स्यानीटाईजेसन गर्ने
एक मास्कको प्रयोग एकै दिन मात्र गर्ने । अर्को दिन अर्को मास्क प्रयोग गर्ने । तर एक मास्क लाई प्रयोग गरेको ६ दिन पछी पुन: प्रयोग गर्न सकिन्छ त्यसैले आज प्रयोग गरेको मास्कलाई झुन्डाएर राख्ने र त्यसलाई ६ दिन पछी प्रयोग गर्ने तर त्यसलाई धुने वा मास्कमा सेनीटाईजरको प्रयोग गर्ने चै होईन ।
कोरोना संक्रमण बाट बच्ने एउटा उपाय छ, त्यो हो – खल्तीमा, ब्यागमा ह्याण्ड स्यानिटाइजर वा अल्कोहल कन्टेन्ट स्यानिटाइजर राख्ने, त्यसले पटक पटक हात सफा गर्ने । यदि पानीको उपलब्धता छ भने लगातार रूपमा दिनभर पटक पटक स्यानिटाइजर को प्रयोग गर्नु भन्दा हातलाई राम्रो सग साबुन पानीले धुने ।
कोरोनाबाट सुरक्षित रहने मुख्य उपाय भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो । रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने र सरसफाईमा विशेष ध्यान दिने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here