रौतहट २३ मंसिर ।
रौतहटको गौरमा दलित अगुवाहरुको कार्यकर्ता भेला मंगलबार सम्पन्न भएको छ । सो भेलालाई सम्बोधन गर्नु हुदै नेपाल कम्युनिस्ट पार्टी नेकपा का नेता एवं सांसद प्रभु साहले प्रदेश २ सरकारसँग जनता आवस निर्माण कार्यक्रमको अरबौ रकमको हिसाव खोज्नु भएको छ । नेता साहले दलित समुदायको घर निर्माणका लागि केन्द्रीय सरकारले ३ बर्षदेखि लगातार अरबौ रकम घरै निर्माण नगरी हिनामिना गरेको आरोप लगाउनु भयो । संघीय सरकारले बिगत तीन बर्षदेखि लगातार अरबौ रकमले कति दलितको घर निर्माण सम्पन्न भयो भन्दै उहाले प्रदेश २ सरकारसंग जवाफ समेत माग समेत गर्नु भयो । प्रदेश सरकारले जनताको शिक्षा, स्वास्थ्य, आवास, रोजगार जस्ता समस्या समाधान गर्न नसकेको बताउनु हुदै सोही कारण अन्य प्रदेशको तुलनामा प्रदेश २ पछाडी परेको उहाको दावी रहेको छ । नेता साहले प्रदेश २ को ८ वटै जिल्लामा दलित समुदायको घर निर्माणका लागि जनता आवास निर्माण कार्य प्रभावकारी रूपमा हुनु पर्ने जनाउनु भयो । जनता आवास निर्माण कार्यक्रमले दलित समुदायलाई प्रत्यक्ष सहयोग पुग्ने र सो कार्यक्रम प्रदेश २ को ८ वटै जिल्लामा तुरुन्त नै शुरुवात गर्नु पर्नेमा जोड दिनु भयो । जनता आवास निर्माण कार्यक्रम तुरुन्त शुरु नगरिए प्रदेश सरकारको विरुद्धमा जनता सडकमा आउने चेतावनी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here