रौतहट २३ मंसिर ।
मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत रौतहट जिल्लाको गढिमाई नगरपालिकाको वडा न. ८ बिनगरा स्थित गजेन्द्र पोखरि सौन्दर्यिकरणको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
सो पोखरीको सौन्दर्यकरणको शिलान्यास प्रमुख अतिथी जनता समाजवादी पार्टीका नेता तथा संघिय सांसद अनिल झा र मुख्यमन्त्री लालबाबु राउतले संयुक्त रुपमा शिलान्यास गर्नु भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथी सांसद झाले प्रदेश सरकारले सुरु गरेको बिकास निर्माणको योजनाले जनतालाई संघियताको अनुभुती गराएको बताउनु भयो
।
नेता झाले प्रदेश सरकारको सहयोगमा सञ्चालित योजनाहरुले बिकासको नमुना प्रस्तुत गरेको समेत बताउनु भयो । कार्यक्रममा मुख्यमन्त्री राउतले मुख्यमन्त्री स्वच्छ्ता अभियान प्रदेशको पर्यटकिय बिकासमा कोशे ढुङ्गा साबित हुने बताउनु भयो ।
अभियान अन्तर्गत जानकी मन्दिरबाट शुरु गरेको योजना प्रदेश भरिको सबै धर्म समुदायको धार्मिक, सास्कृतिक धरोहरहरुको सौन्दर्यिकरण गर्दै प्रदेशलाई धार्मिक सास्कृतिक पर्यटनको हब बनाउने योजना आफुहरुको रहेको उहाँको भनाइ रहेको छ ।
भुमी ब्यबस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले बिनगरा पोखरी सौन्दर्यिकरणले बिकास निर्माणमा सबै दल एक जुट रहेकोे सन्देश दिएको उल्लेख गर्नु भयो ।
मुख्यमन्त्री स्वच्छ्ता अभियान अन्तर्गत ६ करोडको लागतमा बिनगरा पोखरीमा घाट, मन्दिर निर्माण, वाक वे, शौचालय निर्माण सहितको कार्यक्रम रहेकोे जनाइएको छ । मुख्यमन्त्री स्वच्छता अभियानका प्रमुख इन्जिनियर भगवान झाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जनता समाजवादी पार्टीका नेता बृज किसोर यादव, माधव नारायण नपाका प्रमुख बिरेन्द्र यादव, चुल्हाई यादव, रेवन्त झा सहितले आ आफ्नो धारण राख्नु भएको थियोे ।








