सप्तरी ३० कात्तिक ।
सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नं. ७ स्थित बिष्णुपुर नहर चोकमा आगलागी हुँदा तीनवटा पसल जलेर नष्ट भएको छ । विद्युतको तारसट भएर अचानक गएराति भएको आगलागीमा सुशील साहको नास्ता पसलका साथै छिमेकी ननु साह र रसिया साहको साइकल पसल समेत जलेर नष्ट हुँदा करिब १५ लाखको क्षति भएको हो ।

प्रहरी चौकी बिष्णुपुरका असई अमित तिवारीले आगलागीबाट नास्ता पसलमा रहेको २ हजार नगद सहित पसलमा रहेका सम्पुर्ण सर समान जल्नुका साथे छिमेकी साइकल पसलका समेत सम्पुर्ण सर समान जलेर १५ लाखभन्दा बढीको क्षति भएको जानकारी दिए ।

उक्त आगलागी स्थानीयवासी ,प्रहरी तथा राजविराजबाट आएको बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । सो आगलागीबाट मानवीय तथा चोपाया क्षति नभए पनि नास्ता पसलमा रहेको ग्यास सिलिन्डर बिष्फोट हुँदा स्थानीयबासीहरु त्रसित बनेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here