रौतहट, ३० कात्तिक।

आस्थाको महान पर्व छठको पावन अवसरमा आफ्ना नगरका असहाय ब्रतालु महिलाहरूलाई आईतवार माधव नारायण नगरपालिकाका मेयर विरेन्द्र प्रसाद यादवले साडी वितरण गर्नु भएको छ ।


तत्कालीन संघिय समाजवादी पार्टी बाट मेयरमा निर्वाचित भएका जनता समाजवादी पार्टीका युवा नेता समेत रहनु भएका मेयर यादवले वडा नं ६ माधोपुरका गरिब, असहाय छठ ब्रतालु महिलाहरूलाई घर घरमा गई साडी वितरण गरेका छन ।


नगरपालिकाका मुशहर, ढोम लगायत अन्य मध्यम वर्गको प्रत्येक परिवारका सदस्य मध्ये व्रत गर्ने ब्रतालु महिलाहरुलाई साडी वितरण गरिएको मेयर यादवले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here