रौतहट १ मंसिर । छठ पर्वका ब्रतालु महिलाका लागि रौतहटको माधवनारायण नगरपालिकाले लाखौं भन्दा बढीको साडी निःशुल्क वितरण गरिएको छ। आइतबार र सोमबार गरी नगरपालिकाका दुई अति गरिब, विपन्न बस्तीमा पुगी नगर प्रमुख विरेन्द्र प्रसाद यादवले व्यक्त्तिगतरूप मै छठ पर्वको व्रत गर्ने महिलालाई साडी बाँडेका हुन् ।


साडी वितरण गर्दै उनले समाजका पर्व र संस्कृतिले एकता, भ्रातृत्व र मेलमिलापमा थप सहयोग पुग्ने धारणा समेत राखेका हुन । छठ पर्व गर्ने व्रतालुले नयाँ साडी लगाउनुपर्ने भएकाले ती साडी वितरण गरिएको बताइएको छ। कार्यक्रममा नगर प्रमुुुखयादवले छठ पर्वमा आर्थिक रूपले विपन्न परिवारका व्रतालुलाई साडी एवं पूजा सामग्री वितरण गरिनु प्रशंसनीय भएको बताए । उनले आगामी वर्ष पनि यसलाई निरन्तरता दिने बताए छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here