सप्तरी १९ कात्तिक ।
सप्तरीमा कोरोना संक्रमित एक जना सरकारी कर्मचारीको मृत्यु भएको छ । गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल राजविराजको फार्मेसीमा कार्यरत २८ वर्षीय फारमेषी कार्यरत राजन साफिको मृत्यु भएको हो । केहीदिनअघि कोरोना पोजेटिभ देखिएपछि उनी होम आइसोलेसनमा बस्दै आएका थिए ।
सुरुमा ज्वरो देखिए पनि पछिल्लो चार दिन यता उनको स्वास्थ्य अवस्था सामान्य रहेको थियो । योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २९ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।







