काठमाडौं, १९ कात्तिक । नेपालमा हालसम्मकै धेरै मानिसको कोरोनाका कारण पछिल्लो २४ घन्टमा मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने संख्या १ हजार ३४ पुगेको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने संख्या बढ्दै गएको छ । लक्षणसहितका र दीर्घ कोभिड भएका बिरामीको संख्या बढेसँगै मृत्यु हुने दर बढेको चिकित्सकहरु बताउँछन् । यस्तै हाल नेपालभर ३ सय ७९ जना कोरोना संक्रमित आईसीयूमा उपचाररत छन् भने ७८ जना भेन्टिलेटरमा उपचाररत छन् ।








