काठमाडौं,३१,जेठ ।

प्रतिनिधि सभा सदस्य सञ्जय कुमार गौतमले बर्दिया राष्ट्रिय निकुञ्ज वरपर रहेका बस्तीहरुलाई स्थानान्तरण गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा समय माग गरी बोल्दै सांसद गौतमले बर्दिया जिल्लामा राष्ट्रिय निकुञ्जमा रहेका वन्यजन्तुबाट मानव बस्ती असुरक्षित बनेको बताउनुभयो । उहाँले वन्यजन्तुको आक्रमणबाट वर्षेनी मानिसहरुको मृत्यु हुने गरेको भन्दै निकुञ्ज वरपर रहेका बस्तीहरुलाई स्थानान्तरण गरिनुपर्ने बताउनुभयो । उहाँले मानिस र वन्यजन्तुविच द्वन्द बढिरहको भएपनि सरकार गम्भिर नभएको बताउनुभयो । सांसद गौतमले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्नुपर्ने पनि बताउनुभयो ।प्रतिनिधि सभा सदस्य प्रेम सुवालले नेपाली सेना र अमेरिकी सेनाबिचमा दश बुँदे सहमती हुन लागेको भन्दै सो विषयको सम्बन्धमा सरकारको जवाफ माग गर्नुभयो । उहाँले विगतमा एमाले नेतृत्वको सरकारका मन्त्रीहरुको पनि यस विषयमा संलग्नता रहेको भन्दै जिम्मेवार सबै पार्टीका मन्त्रीहरुले संसदलाई यथार्थता जानकारी गराउनुपर्ने माग गर्नुभयो ।उहाँले सो विषय स्पष्ट नभएसम्म प्रतिनिधि सभा बैठक अगाडी बढाउन नमिल्ने धारणा राख्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here