पर्सा १७ कात्तिक ।
वीरगञ्जको नारायणी अस्पतालमा कार्यरत एक चिकित्सकको मृत्यु भएको छ । अस्पतालको आकस्मिक विभागमा कार्यरत ४३ वर्षीय डाक्टर अशोक कुशवाहाको मृत्यु भएको हो ।मिर्गौलामा समस्या देखिएपछि उनको ६ महिनादेखि डायलायसिस चलिरहेको थियो । लटाइप १ मधुमेहबाट समेत पीडित उनी स्वास्थ्यमा समस्या आएपछि विदामा थिए । आइतबार स्वास्थ्य अवस्था झनै बिग्रिएपछि उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा दिउँसो ३ बजे आइसियुमा उनको मृत्यु भएको नारायणी अस्पतालको आकस्मिक विभाग प्रमुख डाक्टर उदय नारायण सिंहले जानकारी दिनुभयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here