रौतहट १८ कात्तिक । रौतहट जिल्लाका प्रहरी प्रमुख एसपी सिद्वी बिक्रम शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ। रौतहटको समाजमा तेजीले फलिरहेको करोना संक्रमित को संख्या दिन प्रतिदिन बढ्दै गयो छ। यसै क्रममा उहालाई रुघाखोकी संगै ज्वरो आउन थालेपछि पिसिआर टेस्ट गराउंदा रिपोर्ट पोजेटिभ आएको हो ।

एसपी शाह अहिले सेल्फ आईसोलेसनमा बसिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी भरत श्रेष्ठले बताए । हाल पछिल्लो एक सातामा रौतहटमा १ सय ८९ जनाको स्वाब परीक्षण गरिएकोमा १ सय जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको गौर अस्पतालले जनाएको छ । त्यसैगरी हालसम्म रौतहटमा कोरोना संक्रमण बाट मृत्यु हुने को संख्या  १३ पुगेको छ।

बन्दाबन्दी खुलेपछि रौतहटमा सार्वजनिक यातायात र विद्यालय पनि खुलेका छन् । बजार, कार्यालय, व्यापार पहिलेकै अवस्थामा झैं सञ्चालनमा आएको छ, तर स्वास्थ्य मन्त्रालयद्धारा जारी गरिएको कुनैपनि सुरक्षाको मापदण्ड अपनाइएको संख्या यहाँ शून्य छ । जिल्लामा मास्क, भौतिक दुरी तथा स्वास्थ्य सचेतनामा ध्यान दिन सकेको छैनन् ।

बजारहरुमा बढी भिडभाड हुनु, व्यक्तिगत दुरी कायम नहुनुले कोरोनाको जोखिम झनै बढेको चिकित्सकहरु बताँछन । कोरोना महामारी नियन्त्रण गर्न जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको संयुक्त बैठक बुधवार बस्ने त्यसपछि नयाँ रणनिति तयार गरेर पहल गरिन प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here