रौतहट, १६ कार्तिक ।
जनता समाजवादी पार्टीका निर्वाचन प्रमुख एवम राैतहट क्षेत्र नं.१का सांसद अनिल कुमार झाले दिनु भएको अभिव्यक्ति प्रति नेपाली काँग्रेस राैतहटले कडा अापति जनाएको छ ।
अाईतबार नेपाली काँग्रेस पार्टी जिल्ला कार्य समिति राैतहटले सांसद झाकाे राजिनामा समेत माग गरेकाे हाे ।
नेपाली काँग्रेस रौतहटका सभापति एवम राैतहट क्षेत्र १ का प्रत्यासी संविधानसभा सदस्य कृष्णा यादवले पूर्व उद्योग मन्त्री समेत रहेका सांसद झाले महिलाहरु प्रति गरेको अभद्र एवम अश्लिल टिप्पणीकाे घोर भत्र्सना गर्दै राजिनामाकाे माँग गरेको हाे ।
सभापति यादवले एउटा प्रेस विज्ञप्ति जारी गर्दै महिलाको चरित्र माथि गरेको नकारात्मक टिपण्णीको घोर निन्दा गर्दै जसपाका सांसद अनिल झाले सम्पूर्ण नेपाली महिलाको सम्मान माथि खिल्ली उडाउदै बैदेशिक रोजगारीको सिलसिलामा काम गर्न गएको सबै नेपाली नागरिकको श्रीमती बैशश्या बृद्धिमा लागेको जस्तो शब्द प्रयोग गर्न अधिकार कसले दिएको हो ।
जसपाका सांसद झाले आफ्नो पदीय मर्यादा विपरीत दिएको अभिव्यक्तिको घोर भत्सर्ना गर्दछु । सार्वजानिक मंच प्रयोग गरी सम्पूर्ण नेपाली महिला दीदी बहिनीको चरित्र हत्या गरेको ,महिलाको स्मितालाई खुल्ला मंचबाट धज्जिया उडाएकोले आफनो संघीय सांसदको पदबाट अलिकति राजनीतिक नैतिकता बाकी रहेको छ भने राजिनामा दिनुपर्छ ।
विज्ञप्तिमा जनताको मतबाट निर्वाचित भएका झाले आफ्नो दायरा ,क्षेत्र भन्दा बाहिर गएर दिएको अभिव्यक्ति असभ्य ,आपत्तिजनक रहेकोले उक्त शव्द प्रति संगठित रुपमा नेपाली काँग्रेस पार्टी जिल्ला कार्य समिति रौतहट लगायत देश भरिको महिलाहरुले प्रतिकार गर्ने चेतावनी समेत दिएको छ । स्थानीय जनप्रतिनिधि प्रति गरेको टिपणीले सम्पूर्ण स्थानीय प्रमुख ,उपप्रमुख समेटको मान मर्दनमा ठूलो चोट पुगेको छ ।
स्मरणहोस कार्तिक ११ गतेका दिन रौतहटको यमुनामाई गाउँपालिका वड़ा नम्बर ३ राजपुर तुलसीमा जनता समाजवादी पार्टीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सम्वोधन गर्दै सांसद झाले स्थानीय तहका प्रमुख प्रति आक्रोश हुदै नगरपालिका र गाउँपालिकाको खातामा आउने रकम मेयरको बाउ को नभएको टिपण्णी गर्दै संघीय सांसद बैदेशिक रोजगार रहेको तथा मेयर पठाएको रकम भ्रहमलुट मच्चाउने गरेको संकेत गर्दै बैदेशिक रोजगारमा गएकाले कमाएर पठाएको रकम श्रीमतीले फिल्म हेर्दा हेर्दै सकाएर अरु संग आफनो गलत शारिरीक सम्बन्ध अर्थात बैश्या बृद्धि समेतमा लागेर भाग्नेको थिए ।
स्थानीय नगरप्रमुखले कोरोना महामारीमा सांसदहरुले कुनै कार्य नगरेको भनी गरेको आलोचनाले शव्द चयन गर्न चूक गरेका सांसद अनिल झाले बैदेशिक रोजगारमा गएकाहरुको श्रीमती पतीले कमाएको पैसा सकाएर पर पुरुष संग पोइल जाने गरेको समाजमा कतिपय उदहारण देखिएको अभिव्यक्ति एकदमै निन्दनीय रहेको सभापति यादवले बताएका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here