चितवन, २५ असोज ।
चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत भरतपुर २० का वडाध्यक्षको मृत्यु भएको छ । भरतपुर महानगरपालिका २० का ६९ वर्षिय वडाध्यक्ष मणिलाल तामाङको आइतवार बिहान ११ः३० बजे मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । उनी ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि यहि असोज २३ गते अस्पताल भर्ना भएका थिए । उनी असोज १६ गते नै कोरोना पुष्टि भई होम आइसोलेसनमा बस्दै आएका थिए । उनलाई स्वास्थ्यमा जटिल समस्या देखिएपछि कोभिड आईसियूमा भेन्टिलेटरको सहायताले उपचार गरिएको थियो । उनको त्यही उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । मधुमेह, उच्च रक्तचापका बिरामी उनमा अहिले निमोनिया समेत देखिएको थियो । स्वाथ्यकर्मीको अथक प्रयासमा उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here