रौतहट, २५ असोज ।
विगत ९ दिन देखि हराइ रहेकी उदयपुर जिल्ला रामपुर निवासी १७ बर्षिया सविना मंग्राती शनिवार मेची महाकाली बुहारी सयुक्त आवाजको सम्र्पकमा आएकी छिन् ।
गएको शनिवार आफ्ना प्रेमीका कन्चनपुर निवासी विकास बुढा संग हिडेकी सविना घर परिवारको सम्पर्क बिहिन पछि परिवारजनले आफना छोरीलाई खोजी दिन मेचीमहाकाली बुहारी संयुक्त आवाज मोरंगलाई अनुरोध गरे पछि उनको खोजी कार्य आरम्भ गरिएको थियो ।
सविनाका आमाले मेची महाकाली बुहारी संयुक्त आवाज मोरगं जिल्ला संयोजक उमा सेडाईलाई गरेको अनुरोध पछि सयुक्त आवाजले आफनो सामुहिक संजालमा सविनालाई खोज्न अनुरोध गरे संगै रौतहट जिल्ला संयोजक पुजा पाठक तिमिल्सीना तथा कन्चन्पुर जिल्ला संयोजक ज्ञानु विष्टको सामुहिक पहलमा खोजी कार्य जारी आरम्भ भएको थियो ।
निजलाई पता लगाउने क्रममा शनिवार २४ गते सविना र निजका प्रेमी विकास दुबै जना कन्चनपुरको ब्रमदेब वडा नं.९ मा भेटाएको हो । भेटिए लगतै सयुक्त आवाजले स्थानिय प्रहरी तथा सविनाकी आमालाई जानकारी गराईएको छ ।
निज सविनालाई परिवारको जिम्मा लगाउने कार्य भई रहेको साथै यस्ता समाजिक कार्यमा सहयोग गरेको भन्दैं मेची महाकाली बुहारी सयुक्त आवाज केन्द्रिय यमु शर्मा सुब्बाले मोरंग संयोजक उमा सेढई, रौतहट संयोजक पुजा पाठक, कन्चनपुर संयोजक ज्ञानु बिष्ट तथा कर्णाली प्रदेश संयोजक बिद्या तिमिल्सिनालाई धन्यवाद व्यक्त गरेकी छिन् ।








