गोरखा, १९ असोज । गोरखामा सोमबार १८ जनामा कोरोना संक्रमण थपिएकाछन् । संक्रमित मध्ये बाह्र किलो प्रहरी चौकीमा कार्यरत ६ पुरुष र २ महिला प्रहरी कर्मचारी र जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक पुरुष कर्मचारी रहेको गोरखा नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ । त्यस्तै बाह्र किलो प्रहरी चौकीमा कार्यरत प्रहरी कर्मचारी परिवारका ३ र १२ बर्षीय बालकलाई पनि कोरोना पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख ईश्वर रेग्मीले बताए । बाह्र किलोमा व्यापार सञ्चालन गर्दै आएका तीन व्यापारीलाई पनि कोरोना पुष्टि भएको उनले जानकारी दिए । उनीहरुमध्ये दुई महिला र एक पुरुष रहेका छन् ।   प्रहरी हिरासतमा रहेका दुई पुरुषमा पनि कारोना संक्रमण पुष्टि भएको छ । अर्का संक्रमित शिक्षक रहेका छन् । उनी विराटनगरबाट आएर होम क्वारेन्टिनमा बस्दै आएको स्वास्थ्य शाखाले जनाएको छ । एक संक्रमित भने गोरखा नगरपालिका वडा नम्वर ११ का ३३ वर्षीय पुरुष रहेका छन् । दुवईबाट आएर उनी होम क्वारेन्टिनमा बस्दै आएका थिए ।


Warning: mysqli_query(): (HY000/1021): Disk full (/tmp/#sql_20d9_19.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device") in /home/redcom/public_html/wp-includes/wp-db.php on line 2056

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here