काठमाडौं ८ चैत । प्रहरीले नक्कली सवारी अनुमतिपत्र लाइसेन्स बोकेर सवारी चलाउने तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले नागढुङ्गाबाट मकवानपुरका २२ वर्षीय मनिष स्याङताङ, काठमाडौँ टोखाका २२ वर्षीय अविनाश खड्का र काभ्रेपलाञ्चोकका २२ वर्षीय सुजन गौतमलाई शुक्रबार पक्राउ गरेको हो ।
वृत्तका प्रमुख, प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले तीनै जनाले ट्रायल पास नभई लाइसेन्स लिएको जानकारी दिनुभयो । पक्राउ परेका उनीहरूले नक्कली लाइसेन्स बनाउने गरेको समेत अनुसन्धानमा खुलेको छ । पक्राउ परेका तीनैजनालाई मुलुकी अपराधसंहिता २०७४ अन्तर्गतको लिखतसम्बन्धी कसूरअन्तर्गत अनुसन्धान भइरहेको वृत्तले जनाएको छ । सभार जनता समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here