पर्वत १९ असोज ।
जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको छ। सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–१६ जोगमणि बस्ने २१ वर्षीय समीर गुरुङ, २१ वर्षीय अथित गुरुङ, बाटुलेचौरका २४ वर्षीय मोहित खवास, वडा नं १९ का १८ वर्षीय मनोज बि।क र धादिङको सुनौलाबजार–६ घर भई पोखरा–१६ मा बस्दै आएका ३० वर्षीय कुमार ठकुरी छन्। लागुऔषधको ओसारपसार तथा बिक्री हुँदै गरेको भन्ने सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बाटुलेचौरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। चेकजाँचको क्रममा गत शनिवार साँझ साढे ५ बजेको समयमा उनीहरू पोखरा–१६ मा पर्ने तुम्केस्थित सडकमा हिँडिरहेको अवस्थामा पक्राउ परेका हुन्। उनीहरूको साथबाट ७ एम्पुल डाइजापाम, ७ एम्पुल फेनेरागन, ७ एम्पुल बुर्फिनफ्रिन र १ किलो २ सय ग्राम गाँजा बरामद भएको पनि डिएसपी हमालले जानकारी दिए। पक्राउ परेका सबै जनालाई लागुऔषध नियन्त्रण ऐन, २०२३ विपरीतको कसुरअन्तर्गत कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ। संभार थाहा खबर








