रौतहट १२ भदौ ।
प्रहरी हिरासतमा मृत्यु भएका दलित युवा विजय रामको परिवारलाई नेपाली कांग्रेस रौतहटका सभापति तथा पूर्व सांसद कृष्ण यादवले एक लाख रुपैयाँ सहयोग गर्नुभएको छ । पीडित परिवारलाई राहत महसुस गराउन आफुले सहयोग गरेको बताउदै सभापति यादवले थप राहतसहित न्याय दिन केन्द्र सरकारसंग माग गरेका छन् । विजय महराको घरमा पुगेर पीडित परिवारलाई सहयोग रकम हस्तान्तरण गर्दै सभापति यादवले घटनामा संलग्न प्रहरीलाई हदैसम्मको कारवाही गर्न समेत ध्यानाकर्षण गराएका छन् । दोषीलाई कारवाही नगरे रौतहट कांग्रेसले चरणबद्ध रुपमा जिल्लामा आन्दोलन गने सभापति यादवले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here