रौतहट,२१,साउन ।

रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नंबर ६ स्थित बागमती नदीमा हुन सकिने सम्भावित कटानलाई रोक्ने उद्देश्यले बोरामा बलुवा हालेर बनाइएको अस्थायी स्पर बगाइएको छ । पहाड़ी भेगमा भएको बर्षाको कारण नदीमा आएको बाढ़ीले राजदेवी नगरपालिका वड़ा नम्बर ६ र वड़ा नम्बर ९ को बीचमा रहेको १ नम्बर स्पर नजिक आसार महिनामा बनाइएको स्पर र गरिएको बासको पाइलिंग समेत क्षतिग्रस्त भएको छ । राजदेवी नगरपालिकाले विपद् व्यवस्थापन कोषको रकम तथा जलस्रोत सिचाई डिभिजन कार्यालय र बागमती लालबकैया नदी नियन्त्रण आयोजना परमानीपुरले उपलब्ध गराएको जाली, बोरा बासको सहयोगमा बनाइएको स्पर बाढ़ीले बगाएको राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारी प्रसाद यादवले जानकारी दिएका छन् । सो ठाउँमा नदीले कटान समेत गर्न थालेको हुँदा नजिकै रहेको बांध जोखिममा पर्न सकिने खतरा उत्पन्न भएको उनले बताए । कटान हुदै गरेको ठाउँ देखि बांधको दूरी २० देखि २५ मीटर रहेको अनुमान गरिएको छ । समयमा नियन्त्रण गर्न सकिएन भने मूलधार परिवर्तन हुन सकिने खÞतरा रहेको छ । उत्तर तरफ बाट दक्षिण तीर बग्ने नदीको पानीको दवाव सीधा बांध तीर रहेको देखिएको छ । कटान गरिएको स्परलाइ मरमत गर्ने कार्य जारी रहेको समेत नगर प्रमुख यादवले जानकारी दिए । यादवका अनुसार सो ठाउँमा नयाँ ६ वटा स्पर बनाइएको थियो । बागमती नदीले शुरू गरेको कटानले ब्रह्मपुरी , लक्ष्मीपुर बेलविच्छबा बढ़ी जोखिममा पर्न सकिने सम्भावना रहेको छ । नदीमा पानीको सतह कम भएपछि कटान हुन थालेको स्थानियहरुले जनाएको छ । बांधमा खतरा रहेको जानकारी हुन साथ प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाही सहितका सुरक्षा निकायका प्रमुखहरुले स्थलगत निरीक्षण समेत गरेका छन् । निरीक्षण गर्न पुगेका शाहीले उच्च जोखिम रहेकोले नियंत्रण गर्न अति आवश्यक भएको जोड़ दिए । उनले नदी नियंत्रण कार्यालयका डीई लाइ निर्माण सामग्रीको तत्काल व्यवस्थापन गर्न निर्देशन समेत दिए । बलुवा ,बोरा , जाली र बासको छिटै व्यवस्थापन गरेर स्पर तथा पाइलिंग समेत गर्नु पर्ने बताउँदै यसको लागि सुरक्षाकर्मीहरु परिचालन गर्ने बताए । बाढीको जोखिम भाद्र १५ सम्म बढ़ी हुने भएकोले समयमा नै नियंत्रणको उपाए अपनाउनु पर्ने जरुरी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here