बारा, २९ बैसाख ।
नेपाल प्रेस युनियन बाराका सदस्य एवं बाराबाट प्रकाशित तराई मधेश दैनिक पत्रिकाका प्रकाशक पवन यादवमाथि आइतबार बेलुका आक्रमण भएको छ ।
नचिनेका मानिसहरुको समूहले कलैया उपमहानगरपालिका २ मा रहेको औधापुर हनुमान मन्दिर नजिक आइतबार राति बेलुका नौ बजे बाराका पत्रकार यादवमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।
कलैयाबाट उतर झिटकैयामा रहेको घर जाने क्रममा पत्रकार यादवमाथि चारजनाको समूहले आक्रमण गरेको हो । आक्रमणबाट पत्रकार यादवको निधार काटिएको छ भने शरीरभरि निलडाम छ भने ल्यापटप, क्यामरा र मोटरसाइकलमा क्षति पुगेको छ । उहाँको कलैयास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
घटना प्रति नेपाल पत्रकार महासंघ बाराका साथै नेपाल प्रेस युनियन बारालेपनि घटनामा संलग्नलाई पक्राउ गरि कडा कारबाही गर्न माग गरेको छ ।


यता घटनामा संलग्नको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी गराउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here