बारा ४, बैशाख ।
बारा जिल्लाको चैतापुर वनबाट ८ जना शिकारीलाई बन गस्तीटोलीले पक्राउ गरेको छ ।
लकडाउनको बेला प्रदेश नं.२ सरकारले मा वन तस्करीमा संलग्न विरुद्ध वन कार्यालयहरुले विशेष अभियान चलाए पछि शिकारीहरु पक्राउ परेको हो ।
पक्राउ पर्नेहरुमा २३ वर्षिय शिवनारायण माझी, २५ वर्षिय रमेश माझी, ३० वर्षिय भजेन्द्र साह, ३२ वर्षिय यादव घिमिरे, २२ वर्षिय दिपक भण्डारी, ३२ वर्षिय परमेश माझी, २९ वर्षय बमभोली सहनी र ३८ वर्षिय नारायण चौधरी रहेका छन ।
पक्राउ पर्नेहरुबाट भाला ३, बन्चरो १, टर्चलाइट १, जाल १ बरामद गरिएको जिल्ला वन कार्यालयका अधिकृत मनजुर अहमदले वताउनु भएको छ । पक्राउ परेका सबै वाराको जितपुर सिमरा १७ का रहेका छन ।
प्रदेश नं. २ का उद्योग, वन तथा पर्यटन महानिर्देशनालयका अधिकृत सुरेश शर्माले ‘प्रत्येक जिल्लामा वनतस्कर विरुद्ध विशेष अभियान चलाइएको वताउनुभयो ।
शर्माले प्रत्येक दिन अहिले वनमा गस्ती टोली जाने गरेको जानकारी दिदै लकडाउनको फाइदा तस्करहरुलाई उठाउन नदिने समेत बताउनुभयो ।
वनका गस्ती टोली चैतापुर वन पुगेपछि एकजना फरार भएका थिए । यसअघि रौतहटमा दूईतर्फी फायरिङ भएको थियो ।
प्रदेश २ वनको हिसावले उजाड भइरहेको छ । नेपालमा रहेका वन क्षेत्रमध्ये मध्यतराई अर्थात् प्रदेश २ मा सबैभन्दा न्यून वन क्षेत्र रहेको छ ।