२०७९ असोज २६ गते । गृहमन्त्री एवम् नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई र्दुइ तिहाई बहुमत दिन आम मतदातालाई आग्रह गर्नु भएको छ ।
गृहमन्त्री खाँणले नागरिकताबिहीन नेपाली नागरिकहरुलाई नागरिकता दिन पनि संविधान संशोधन गर्नुपर्ने भएकाले पनि सत्तारुढ गठबन्धनलाई दुई तिहाई बहुमत आवश्यक रहेको जिकीर समेत गर्नु भयो । मंगलबार काठमाडौंमा आयोजित गैर आवासीय नेपाली संघको बार्षिक साधारणसभामा बोल्दै उहाँले राष्ट्रपति विद्या भण्डारीले संविधान विपरित गएर नागरिकता विधेयक प्रमाणिकरण नगरेका कारण गैर आवासीय नेपालीहरुलाई पनि नागरिकता दिने संवैधानिक व्यवस्था कार्यान्वयन गर्न नसकिएको उल्लेख गर्नु भयो । गृहमन्त्री खाँणले राष्ट्रपतिको सो गैर संवैधानिक कामको विरोध गरेर सो नागरिकता विधेयक प्रमाणिकरणका लागि दवाव दिन पनि गैर आवासीय नेपालीहरुलाई अनुरोध गर्नु भयो । उहाँले भन्नु भयो, ‘राष्ट्रपतिजीले यसलाई प्रमाणिकरण गर्नैपर्ने हो । पुन पठाइएको विधेयक राष्ट्रपतिले फर्काउने व्यवस्था संविधानमा छैन । यसमा हाम्रो र गठबन्धन पार्टी र सरकारको निष्कर्ष के छ भने यो नागरिकता विधेयकलाई रोक्ने राष्ट्रपतिको जुन कदम हो । यो असंवैधानिक कदम हो । संविधान विपरितको कदम हो यो । राष्ट्रपतिले कुनै पनि सर्तमा असंवैधानिक कदम चाल्नै मिल्दैन । संविधानको संरक्षण र पालना गर्नेले असंवैधानिक कदम चाल्न पाईन्छ र ? तर चाल्नु भयो । त्यतापटि सारा संसारको ध्यान जाओस् । तपाईहरुको पनि ध्यान जाओस् । उहाँलाई विरोध गर्ने भन्दा पनि सम्झाउनुपर्ने अवस्था छ । एउटा जन अभिमत बनाउनुपर्ने अवस्था छ । हामीले गैर आवासीय नेपालीहरुलाई नागरिकता दिने गरी सो विधेयक ल्याएको हो । छोरीले नागरिकता पायो ज्वाईले पाएन भनिदिनु हुन्छ के । संविधान बनाउने बेलामै त्यो व्यवस्था गरिएको छ नि त । त्यसकारण यो व्यवस्थालाई सम्बोधन गर्नका लागि संविधान संशोधन गर्नुपर्छ । संविधान संशोधन गर्नका लागि दुई तिहाई चाहिन्छ । अहिलेको सत्तासिनसँग दुई तिहाई भए हामी कोसिस गथ्यौं हामी । त्यसकारण मंसीर ४ गतेको निर्वाचनमा दुई तिहाई दिनुस् हामीलाई । हामी त्यही अनुसार जान्छौं ।’
गृहमन्त्री खाँणले नेपालमा लगानी भित्र्याउन पनि गैरआवासीय नेपालीहरुलाई आह्वान गर्नु भयो । गैर आवासीय नेपालीहरुको लगानीको सुरक्षा गर्ने जिम्मेवारी सरकारले लिने उहाँको भनाई थियो । गृहमन्त्री खाँणले विदेशमा रहेका हरेक नेपालीहरुको लगानीको स्वागत गर्ने, प्रोत्साहन गर्ने र त्यसको सुरक्षाको सुनिश्चितता गर्ने काम सरकारको रहेको पनि पटकपटक दोहो¥याउनु भयो । उहाँले भन्नु भयो, ‘नेपालमा केही न केही लगानी गरिदिनोस भन्ने हाम्रो आग्रह छ । त्यहाँ लगानीका लागि जुन फोरम तपाईहरुले बनाउनु भएको छ । त्यसमा कुनै समस्या छ भने ती समस्याहरुलाई सरकारले अविलम्व नै फुकाउने छ । र, लगानीलाई स्वागत गर्ने, लगानीलाई प्रोत्साहन गर्ने, चाँहे ठूला लगानीहरु हुन, चाहे स–साना लगानी हुन । त्यो लगानीको सुरक्षा गर्ने र बन्दोबस्त गर्ने काम सरकारको हो । संसारभरी नै राज्यको पहिलो दायित्व हुन्छ–आफ्ना देशका नागरिकको जीउधनको रक्षा गर्ने । अकालमा कसैको मृत्य नहोस् । उसको सम्पत्तिमाथिको स्वामित्व हरण नहोस् । त्यसकारण नेपाल सरकार पनि सबै नेपालीहरुको सम्पत्ति र जीवनको रक्षाका लागि प्रतिवद्ध छ । नेपालका उद्योगी र व्यवसायीहरुको उद्योग, व्यवसाय र उहाँहरुको सम्पत्तिको सुरक्षाका लागि नेपाल सरकार प्रतिवद्ध छ । र, विदेशमा रहनु भएका नेपाली साथीहरुको पनि यदि नेपालमा लगाी ल्याउनु भयो भने त्यो लगानीको सुरक्षा गर्ने दायित्व सरकारको हो । सरकारमा त्यसमा पछि हट्दैन । सरकारले कानुनी आधारशीलामा आफ्नो सुरक्षा संयन्त्रलाई सदूपयोग गरेर तपाईहरुको लगानीलाई सुरक्षित गर्नेछ । त्यो पनि म विश्वास व्यक्त गर्नु चाहन्छु ।’
गृहमन्त्री खाँणले सरकारले गैर आवासीय नेपालीहरुको लगानीको सुरक्षाका लागि सुरक्षाकर्मीहरुको आवश्यक परिचालनको व्यवस्था मिलाउने आश्वासन समेत दिनु भयो ।
गृहमन्त्री एवम् नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई र्दुइ तिहाई बहुमत दिन आम मतदातालाई आग्रह गर्नु भएको छ ।