काठमाडौं २५ चैत।
सुनको भाउ एकै दिन तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ पुगेको छ । जुन मूल्य हालसम्मकै उच्च हो ।शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै चाँदी प्रतितोला ५५ रुपैयाँ बढेको छ । चाँदी आज प्रतितोला १ हजार ६७० रुपैयाँ कायम भएको छ ।








