रौतहट, १७ फागुन ।
प्रदेश नं.२ सरकारको महत्वाकांक्षी योजना बेटी पढाऊ, बेटी बचाऊ अभियान’ अन्तर्गत छोरी शिक्षा बिमा अभियान कार्यक्रम आजबाट रौतहटको बृन्दावन नगरपालिकामा शुरु भएको छ ।
बृन्दावन नगरपालिकाका उप प्रमुख नुरजहा खातुन तथा नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादवले नगरपालिको प्राङ्गणमा आयोजित कार्यक्रमका बिच नगरमा छोरी शिक्षा बिमा शिविरको सयुक्त रुपमा उद्घघाटन गर्नु भएको छ । राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा उपमेयर खातुनको अध्यक्षता रहेको थियोे । कार्यक्रमको संचालन रमेश यादवले गरेका थिए भने कार्यक्रमको समापन उपमेयर खातुनले गरेकि थिईन् । बृन्दाबन नपाको प्रांगणमा पहिलो दिन शिविर राखिएको थियो जसमा ६० जना छोरी हरूको विमा गरिएको बेटि पढाउ ,बेटी बचाउ अभियान रौतहटका संयोजक कृष्णा साहले जानकारी गराए । २०७५ माघ १ गतेपछि जन्मिएका छोरीहरूलाई सो बिमा कार्यक्रममा सहभागी गराइएको थियो । बिमा कार्यक्रम अन्तर्गत प्रभु बैंकले छोरीको नाममा एक हजार रुपैयाँ जम्मा गरेर खोलेको खातामा प्रदेश सरकारले ३ लाखको लागि पर्ने प्रिमियम जम्मा गर्नेछ । सो रकम छोरी मावि तह उत्तीर्ण भएपछि मात्र अभिभावकले निकाल्न पाउने बताईएको छ । सो रकम निकाल्न छोरीको उमेर २० वर्ष भएको हुनुपर्ने नियममा भनिएको छ । भोली फागुन १८ गते वाड नम्बर ४,५को लागि हर्दिया वडा कार्यालयमा र फागुन १९ गते वडा नम्बर ६ , ७,८ र ९ को शिविर वडा कार्यालय सखुअवा धमौरामा शिविर संचालन हुने बृन्दावन नपाका स्वास्थ्य सह संयोजक रामनरेश प्रसाद यादवले जानकारी गराए । यस अवसरमा वडा नम्बर २ का वडाध्यक्ष सिकिन्द्र पटेल, वडा नम्बर २ का वडाध्यक्ष रामेश्वर राय यादव लगायतका वडावासीहरु ,राजनीतिक दलका प्रतिनिधि ,भद्रभलादमी को सहभागीता रहेको थियो । वृन्दाबन नपामा ३ दिन सम्म संचालन हुने शिविरमा बिमा हुने छोरीहरूको घरमा सुबिसु द्वारा तीन महिनाको लागि फ्रि वाईफाई जडान गरिने जानकारी गराईएको थियो । बिमा शिविरमा बालिकाहरूको लागि निशुल्क स्वास्थ्य शिविर पनि संचालन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here