रौतहट,१७ फागुन ।
रौतहटको राजदेवी नगरपालिका वडा नं.१ पथरामा आज आर्थिक वर्ष २०७६।०७७ को विकास वारेको आम भेला सम्पन्न भएको छ ।
यस आर्थिक वर्षमा गरिने कार्यहरुबारे आयोजना गरिएको आम भेलाका प्रमुख अतिथि प्रदेश नं.२ का भुमि ब्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले जनतालाई प्रत्यक्ष फाईदा पुग्ने कार्यक्रमहरु संचालन गर्न वडा अध्यक्ष तथा नगरका उपमेयर लगायतका पदाधिकारीहरु आग्रह गरेका छन् ।

राज्यमन्त्री यादवले अनावश्यक कार्यमा बजेट खर्चिनु भन्दा जनतालाई हर समय हरदम उपयोगि हुने योजनाहरुको छनौट गर्नु नै बेस हुने सल्लाह समेत दिए ।
आयोजित आम भेलामा क्षेत्र नं.१ का पुर्व सांसद बबन सिंह, राजदेवी नगरपालिकाका उपमेयर अंशु सिंह वडा नं.१ अ्रध्यक्ष नरेश राय यादव, वडा नं. २ का वडाअध्यक्ष सनुप महतो, अन्य नेतागन भद्र्भलादमीहरु सहभागिता रहेको थियो ।

पथरा राज्यमन्त्री यादवको गृह गाउ रहेको छ ।








