रौतहट, १३ असार । निजी विद्यालय तर्फ बढ्दै गएको आकर्षणलाई कम गरी अभिभावकहरुलाई सरकारी विद्यालय तर्फ आकर्षित बनाउनका लागि दुर्गा भगवती गाउँपालिकाको विशेष पहलमा सरस्वती माध्यमिक विद्यालय पिपरामा शुक्रवार देखि अंग्रेजी माध्यमबाट कक्षा संचालन भएका छन् ।
रौतहटको दुर्गा भगवती २ मा रहेको सरस्वती माध्यमिक विद्यालय पिपरा भलोहियामा अंग्रेजी माध्यमको शुभारम्भ गर्दै गाउापालिका अध्यक्ष अरुणकुमार साहले निजी विद्यालय तर्फ स्थानीय अभिभावकहरुको बढिरहेको आकर्षणलाई कम गराई सरकारी विद्यालय प्रति विद्यार्थीहरुको रुची बढाउने उद्देश्यबाट यस विद्यालयमा कक्षा ८ र ९ मा अंग्रेजी माध्यमबाट कक्षा संचालन गर्न लाग्ने सम्पूर्ण खर्च गाउँपालिकाबाट वेहोर्ने गरी शुभारम्भ गरिएको बताएका हुन् ।
पहिलो चरणमा पाइलट कार्यक्रम अनुसार ८ र ९ मा सुरुआत गरिएको भौतिक पूर्वाधार तथा आय अवस्थामा सुधार आएपछि विस्तारै आउदो बर्ष देखि कक्षा ५ देखि अंग्रेजी मिडियममा कक्षा संचालन गर्ने तयारी भईरहेको स्पष्ट पारे । तिन महिना ढिलाई भएपनि बर्षे विदामा उक्त ग्यापलाई फुलफिल गर्न शिक्षकहरु तयार रहेको हुँदा सरकारी विदालयमा गुणस्तरिय शिक्षालाई प्रमुख प्राथमिकता दिएको बताए ।
स्वकीय सचिव राख्ने सुविधा राज्यबाट पाएको भएपनि उक्त सुविधाबाट आउने रकम विद्यालयलाई दिने वाचा गर्दै नेपाली माध्यमबाट अध्यापन भईरहेको यस विद्यालयमा अंग्रेजी माध्यमबाट अध्ययन गर्ने इच्छुक एवं जेहन्दार विद्यार्थीहरुलाई निशुल्क रुपमा कक्षा संचालनको लागि व्यवस्थापन गरिएको जानकारी दिए । यस एतिहासिक विद्यालयको गौरवमय इतिहासलाई कायम राख्नका निमित्त गाउँपालिकाबाट हुने सम्पुर्ण सहयोगको पुरा गरिने भविष्यमा आफनो तलव दिने अवस्था आएमा त्यो पनि यहाँका विद्यार्थीहरुका लागि समर्पित गरिने प्रष्ट पारे ।
स्थानीय तहको निर्वाचनको समयमा आफूले जनता संग गरेको वाचा पुरा भईरहदा निकै खुशी लागेको छ । वागमती, झाझ र डोरी खोलाबाट घेरिएका दुर्गा भगवती गाउँपालिकाको पाँच वटै वडाका बासिन्दाहरुलाई बाहिर गएर गुणस्तरिय शिक्षा लिन निकै कठिनाई भईरहेको तथा सरकारी विद्यालयको अवस्था निकै दयनिय हुँदा निजी विद्यालय तर्फ आकर्षण बढेकोमा सरकारी विद्यालयमा गुणस्तरिय शिक्षाको व्यवस्थापन गरिएको हुँदा निजी विद्यालय तर्फ जाने बाध्यता अब समाप्त भएको बताए ।
Home मुख्य समाचार स्वकीय सचिव बापत पाउने रकमबाट गापा अध्यक्ष साहले विधालयमा अग्रेजी माध्यमकाे शिक्षा...