गोदावरी (कैलाली), १३ साउन
जिल्लाका कृषि सहकारी समूहमा आबद्ध पाँच सय ४८ विपन्न महिलालाई बङ्गुरका पाठापाठी वितरण गरिएको छ । कृषि सहकारी संस्थामा आबद्ध महिलालाई शतप्रतिशत अनुदानमा उन्नत जातका बङ्गुरका पाठापाठी वितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले...
काठमाडौँ, १३ साउन
समाजसेवी हीरामणि र सीता घिमिरेले सङ्खुवासभाको खाँदबारीस्थित बालबिकास समाजलाई रु एक करोड प्रदान गर्नुभएको छ । सङ्खुवासभा–काठमाडौँ जर्नालिष्ट एशोसिएसन र खाँदबारी बालविकास समाजले शनिबार यहाँ आयोजना गरेको कार्यक्रममा घिमिरे दम्पतीले प्रदान गर्नुभएको उक्त रकमको चेक ऊर्जा,...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।
महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । कोशी, बागमती,...
काठमाडौँ, १२ साउन
राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियान ५८५ औँ हप्तामा प्रवेश गरेको छ । कोटेश्वरस्थित वाग्मती पहेँलो पुल नजिकैको वाग्मती नदी किनारमा सफाइ गरी नकुहिने एक मेट्रिकटन फोहर व्यवस्थापन...
गण्डकी, १२ साउन
पोखराको विजयपुरवारीको लेखनाथ क्षेत्र सात तालबाट चर्चित छ । यहाँका सातवटै ताल रामसार सूचीमा सूचीकृत छन् । तर लेखनाथ क्षेत्रमा तालका कारण नभइ यहाँका पाइने माछाका परिकारले चर्चित छ । माछाका स्वादिला परिकारकै कारण पर्यटकीय गतिविधि...
काभ्रेपलाञ्चोक, ११ साउन
धुलिखेल नगरपालिकाले सीपमूलक तालिमपछि रोजगारको अवसर प्रदान गर्न थालेपछि युवाको आकर्षण बढ्न थालेको छ । नगरले वैदेशिक रोजगारयोग्य सीपमूलक तालिम एवं स्वरोजगारसहित उद्यमी बनाउन थालेपछि स्थानीयको आकर्षण बढ्न थालेको हो । नगरले युवालगायतका परिषद्मार्फत नियमित रुपमा...
म्याग्दी, ११ साउन
म्याग्दीको मालिका गाउँपालिका–७ बिमको डाडागाउँमा निजी धारासहितको खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । नेपाल पानीको लागि स्वास्थ्य (नेवा) संस्था, मालिका गाउँपालिका र उपभोक्ताको रु ३२ लाख ९७ हजार सात सय ३२ को लागतमा आयोजना निर्माण...
महोत्तरी, ११ साउन (रासस)
कला–संस्कृतिले समृद्ध मिथिलाञ्चलमा सुखद दाम्पत्य जीवनको कामना गर्ने मधुश्रावणी पर्व प्रारम्भ भएको छ । श्रावण कृष्ण पञ्चमीदेखि विशेष विधिका साथ १३ दिनसम्म मनाइने यो पर्वमा नवविवाहिताले शिव, पार्वती र नागदेवताको आराधनाका साथ पतिसँगको गाढा प्रेम...
अर्घाखाँची, १० साउन
अर्घाखाँचीको धार्मिक तथा पर्यटकीयस्थल अर्घा दरबार पुनःनिर्माण थालिएको छ । अर्घा अग्लो पहाडको थुम्कोमा अवस्थित प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको रमणीय थलो हो । बाइसे चौबिसे राज्यका समयमा राजकाज चलाउने स्थानको रुपमा रहेको यहाँ...
गलकोट (बागलुङ), १० साउन
काठेखोला गाउँपालिका–२ भीमापोखराको डोहेरीगाउँ बसाइँसराइको चपेटामा छ । बूढापाका मात्रै भेटिने उक्त गाउँको खेतीयोग्य जग्गा विस्तारै बाझिँदै गएको छ । खेतीयोग्य जग्गामा निगाले, सल्लो र ऐंसेलुको बोट उम्रिएको छ । यातायातको सुविधासमेत नपुगेको उक्त गाउँमा...













