जनकपुर । जनकपुरधामस्थित रामसागर रामस्वरूप बहुमुखी (राराब) क्याम्पसमा पुनः विवाद उत्पन्न भएको छ । आजदेखि सुरु भएको बीबीएस तेस्रो वर्षको परीक्षाको प्रवेशपत्र वितरणमा ढिलाइ गरिएपछि उत्पन्न विवादले उग्र रूप लिएको छ ।
केही विद्यार्थीहरुको प्रवेश पत्र क्याम्पसमा नभेटेपछि, विद्यार्थीहरुले स्ववियु...
प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोग, नेपालले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा निर्वाचन गर्ने विषयमा आज परामर्श गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री...
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपाली श्रमिकको सुरक्षा, सम्मान र अधिकार सुनिश्चित गर्न सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित श्रम प्रवासन, लैङ्गिक समानता र जलवायु परिवर्तनको सन्दर्भमा व्यापार तथा मानवअधिकारसम्बन्धी बहुपक्षीय सरोकारवाला नीति...
विकास, आर्थिक मामिला तथा सुशासन समितिमा आन्दोलनरत सुनचाँदी व्यवसायीहरुसँग छलफल भएको छ ।
शुक्रबार मिति २०८२।०२।१५ गतेको बजेट वक्तव्यबाट सुनचाँदी तथा बहुमूल्य पत्थरको कारोवारमा लगाइएको करका कारण आन्दोलनरत व्यवसायीहरुसँग छलफल भएको हो ।
सोहीक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव दिनेश कुमार घिमिरेले...
सिरहा । सिरहाको गोलबजारमा प्रेम सम्बन्धमा रहेका युवक र युवतीबीचको विवाद हिंसात्मक बन्दै गएपछि एक युवतीले आफ्नै प्रेमीमाथि छुरा प्रहार गरेकी छिन् ।
छुरा प्रहारबाट घाइते भएका युवक २४ वर्षीय अशोक कुमार महतो हुन्, जो गोलबजार नगरपालिका–१३ का स्थायी बासिन्दा...
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले विनियोजन विधेयक, २०८२ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च रकममा एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले भौतिक पूर्वाधार तथा यातायात...
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले भिजिट भिसामार्फत घुस लिएर आफ्नो भाग कति भयो भनेर हिसाब गर्ने राजनीतिक संरक्षकमाथि छानबिन गर्नुपर्ने बताएकी छन् ।
सदन बहिष्कारपछि पत्रकारहरुसँग बोल्दै उनले ऋण नै लिएर भएपनि विदेश जानु पर्छ भन्ने सोच नेपाली युवामा...
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले हटाइएका धाराहरुलाई हाललाई थाँती राख्दै तत्कालको आवश्यकतालाई ध्यानमा राखी विधेयक ल्याउनुपर्ने बताएका छन् ।
शुक्रबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले राजनीतिक दलहरुको बिचमा सहमति भएको खण्डमा खास घटनाका लागि विधेयक...
नेकपा माओवादी केन्द्रका प्रमुख सचेकत हितराज पाण्डेले मन्त्रीहरु बिना सदन नचल्ने भन्दै विरोध जनाएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सदनमा मन्त्रीसामु राख्नुपर्ने गुनासोहरु मन्त्रीहरुकै उपस्थितीबिना सदन संचालन गर्न नहुने भन्दै विरोध गरे ।
‘सदन भएका दिन मन्त्रीहरुको उपस्थित...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुको अवरोधका कारण प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको छ ।
शुक्रबार रास्वपाका सांसदहरू विरोधस्वरूप कालो पोसाकमा निलो रिबन लगाएर संसद् बैठकमा पुगेका थिए । रास्वपाले संसद् अवरोधलाई निरन्तरता दिएपछि सभामुख देवराज...













