रौतहट, ३० साउन ।
रौतहटको बौधीमाई नगरपालिकाले आफना नगरबासीलाई दिदैं आएको स्वास्थ्य सेवालाई विस्तार गरेको छ । सहज स्थानका नगरबासीहरुले प्राप्त गर्दै आएको स्वास्थ्य सेवा लगाएतका अन्य सेवाहरुलाई नगरपालिका कै असहज स्थान अर्थात नदी पारी पनि पुरयाउनका लागि सोमबार नगरपालिकाले स्वास्थ्य सेवा ईकाइको स्थापना गरेको छ ।
बौधिमाइ नगरपालिकाको नगर प्रमुख प्रदिप कुमर यादव र सोहि वडाका अध्यक्ष धर्मेन्द्र पटेल पहल गरि स्थापना गराएको स्वास्थ्य सेवा ईकाइ इनर्वाको समुद्घाट्न तथा सुभारम्भ कार्यक्रम सयुक्त रुपमा सोमबार गरिएको नगरपालिकाका लेखा शाखा प्रमुख अरविन्द कुमार यादवले जानकारी दिनु भयो ।
स्वास्थ्य सेवा ईकाइ स्थापना भए पछि वडा नं.२ ईनर्वा नदी पारीका सेवाग्राहीहरु खुशी भएका छन् ।








